Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ १८ गते, बिहान ९:१३ बजे दार्चुला - DCL, समाज

बलात्कारको प्रयास गर्ने तीन जना आरोपीत पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>लोकेन्द्र प्रशाद जोशी | जेठ १८, दार्चुला | दार्चुलामा २१ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तीन जना आरोपितलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरुमा नौगाड गाउँपालिका ३ का ३५ वर्षीय बिक्रमसिह ठगुन्ना, ४३ वर्षीय पुने धामी र ४५ वर्षीय सागर धामी रहेका छन् ।<br></p><p>पीडित महिलाले जेठ १५ गते मंगलबार प्रहरी चौकी दल्लेखमा बलात्कार प्रयास भएको भन्दै उजुरी दिएका थिए । प्रहरी चौकी दल्लेखले पीडितको उजुरीलाई जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दार्चुला पठाएपछि बुधबार राती तीनै जना आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी इन्सपेक्टर लालबहादुर साउँदले जानकारी दिनुभयो ।</p><p>प्रहरीले उजुरीको आधारमा बिहीबार जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्धा दर्ता गरेको छ&nbsp; । जिल्ला अदालतबाट थप अनुसन्धानको लागि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलाको जेठ १६ गते राती जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा स्वास्थ्य परीक्षण गरिएको छ ।</p>