२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाको प्रसिद्ध धार्मिक स्थल रल्लिङ्गमा धुमधाम मेला

२०७५, २० जेष्ठ आईतवार ०५:४३

रेशमराज रोकाया/जेष्ठ १७ हुम्ला | हुम्लाको प्रसिद्ध गोम्बा रल्लिङ्गमा हरेक वर्षको वैशाख पूर्णिमाको दिन हुम्ला जिल्ला भरीका भक्तजनहरु भेला भएर पूर्णिमा मनाएका छन् । सदरमुकाम सिमिकोट देखी करिब ६ घण्टाको पैदल यात्रा पछि पुगिने रल्लिङ्गमा यो वर्ष करिब १ हजार भन्दा बढी भक्तजनको उपस्थिती रहेको थियो । प्राचिनकालको जुम्लाका राजा अशोक चल्लले लेख्नु भएको ताम्रपत्र यहाँ भेटिएको छ । 


नेपाली साहित्यको लिखित ऐतिहासीक प्रमाणका रुपमा चिनीने ताम्रपत्र हुम्लाको रल्लिङ्ग गुम्बा अझै पनि सुरक्षित रहेको छ । चार हजार मिटर अग्लो स्थानमा रहेको गुम्वामा अशोक चल्लको पालामा लिखत गरिएको ताम्रपत्र रहनुले यो गोम्बा ऐतिहासिक र अध्ययनको विषयवस्तु रहेको छ । यहाँ ४ हजार ८ सय मिटरमा कैलाश भगवानको मुर्ति समेत भेटिएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीको लागि यो ठाउँ निक्कै पवित्र स्थल हो । चिनको मानसरोवरको महत्व जस्तै यो स्थल अत्यन्तै पवित्र रुपमा लिने गरिएको छ । 


सिमकोट गाँउपालिकाको वडा नम्वर २ र ३ मा पर्ने यो गोम्बा सयौँ बर्ष पुरानो भगवान गौतम वुद्धको मुर्ती, गुफा, गुफाको भित्तामा रहेका मानिसका आकृति, चौरी, कुकुर, भेडा तथा अन्य पशुु वस्तुुको आकृृति हुनुु यो गुम्बाको मुख्य आकर्षण हो । गुम्बाको पुजा लागि हरेक वर्ष सिमिकोट गाउँपालिकाको वडा नं. १, २, ४ र ५ वडाका लामा जातीका पुजारीको पालो लगाएर नियुक्त गर्ने प्रचलन रहेको छ ।


बलि नचढाईने गुम्बामा वैशाख तथा जेठ पुर्णिमामा वौद्ध तथा हिन्दु धर्मावम्वीहरुले सन्तान प्राप्तीको र घरमा हुने नराम्रो ग्रह दशा हट्ने जनविश्वास रहेको छ । तिर्थालुुहरुले मनले सोचेको कुरा पुुरा हुने जनविश्वसले जिल्लामा रहेका अन्तरिक र बाश्य भक्तजनको ओइरो लाग्ने गरेको छ । गुम्बाको नजिक ठूलो फाँट भएकोले केही भक्तजन त्यहाँ पुग्नको लागि आउन र जानको लागि ७ हजारको हेलिकोप्टरको भाडा तिरेर समेत जाने सुविधा पाएका छन् । होलिकोप्टरबाट ५ मिनेटमा नै पुग्न सकिन्छ भने घोडेटो बाटो राम्रै भएकोले पुग्नको लागि सहज हुने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकको यो एक असल गन्तव्य स्थल हो । अचम्मको कुरा त के छ भने यहाँ हिन्दु र बौद्ध दुवै धर्मावलम्वीले पुजा आरती गर्ने गरेका छन् । बौद्ध धर्मावलम्बीले बुद्ध र हिन्दुले शिवको पुजा एकै ठाउँमा गर्ने गर्दछन् ।

धार्मिक मेला सुरक्षाको लागि स्थानिय प्रशासनले सुरक्षा समेत दिने गरेको छ । यो गुम्बामा पुजा र आरती गरेकै दिन जहिले पनि पानी समेत पर्ने गरेको छ । गुम्को चारै दिशाको ढुँगामा सुरक्षाको लागि ४ वटा कुकुरको आकृतीमा छाप समेत रहेका छन् । शिवजीले प्रयोग गरेका हरेक वस्तुको यहाँ छाप समेत देख्न पाईन्छ । धार्मिक मेला सम्पन्न गर्नको लागि स्वयंसेवक समेत परिचालन गर्ने गरिन्छ । तिर्थालुको लागि त्यहाँ गाउँ गाउँका पुजारीले प्रसाद समेत बाँड्ने प्रचलन रहेको छ । नजिक रहेको त्वाग्राको मैदानमा रातभर युवा युवतीले देउडा समेत खेलेर रमाईलो गर्ने प्रचलन रहेको छ । रातभर देउडा खेलीसकेपछि मन मिलेको युवाले सोही ठाउँमा दाम्पत्य जीवन समेत सुरुवात गर्ने गरेको छन् । यही दिन कुनै साईत नै नदेखाउनु पर्ने जनविश्वास समेत रहेको छ । देउडा गितको मर्म र साहित्यबाट एक आपसमा प्रेम भाव झल्काएर एकै रातमा युवा युवतीको विचमा प्रेम गाँसिएर विवाह समेत हुने गरेको छ ।

नजिक कुनै बस्ती नभएको कारण भक्तजनले खान र बस्नको लागि घेडा, खच्चरमा बन्दोवस्तीका सामाग्री समेत घरबाट नै लिने गर्दछन् । खाजा र खानको लागि २ दिनको लागि मात्र त्यहाँ अस्थायी पसल समेत खुल्ने गर्दछन् । पसलमा खुद्रा सामान, खानेकुरा, मदिरा लगायतका समान विक्रिको लागि राख्ने गरिएको हुन्छ । खुला मैदानमा पाल टाँगेर यस्ता सामान विक्रि गर्दा हजारौंको फाईदा स्थानिय व्यापारीले लिने गरेका छन् । स्थानिय रुपमा तयार पारेका उनीका कपडा सोही दिन विशेष पहिरनको रुपमा लगाउने प्रचलन छ । पुरुषले रातो बख्खु र कम्मल भने महिलाले पनि स्थानिय रुपमा उत्पादित वस्तु पहिरनको रुपमा लगाउने चलन रहेको छ ।

जिल्लाका उत्तरी भेगका सुन्दर हिमाल हिमताल, हिमनदी, बहुमुल्य जडिबुटी, वन्यजन्तुको संरक्षण प्रवद्र्धनमा जोड नदिँदा खेर गईरहेको छ । वर्षेनी १३ हजार देखि १६ हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु हुम्लामा आउने गरेका छन् । 

पर्यटकलाई त्यस ठाउँको बारेमा जानकारी नहुँदा धेरै दिन बस्न नसकिरहेको अवस्था अझै कायम छ । हरेक वर्ष मानसरोवर कैलाश दर्शन गर्ने भारतिय तिर्थालुहरु दर्शन गर्ने क्रम बढेपनि सिधै हिल्सा यात्रा गर्ने गरेपछि जिल्लाका पर्यटकीय स्थल र त्यसबाट हुम्लाले लिनु पर्ने फाईदा समेत लिन सकिरहेको छैन । हिमताल, झरना हेर्दै पैदल मार्गबाट पर्यटकलाई सम्वन्धित स्थलमा पुगाउन सकिएमा पर्यटकसँगै काम गर्ने अन्य व्यक्तिले समेत रोजगारी पाउने अवस्था रहेको छ । सिमित हवाई कम्पनीले र होटेल व्यवसायीको नियन्त्रणमा रहने हुम्लाको पर्यटन जनमुखी बनाउनको लागि प्रयास गरिनु पर्ने जरुरी रहेको छ । 

मानसरोवर कैलाशको प्रवेशद्धारको रुपमा चिनिदै आएको हुम्लाका थुपै्र ठाउँ प्रचार प्रसारको अभावमा परिचित हुन पाएका छैनन् । जसको कारणले पर्यटकलाई आकर्षित गर्नको लागि समेत कठिन हुनुको साथै ओझेलमा परेका छन् ।  सुन्दर ठाउँलाई सरोकारवाला निकायले चासो र चिन्ताको विषय नलिँदा पर्यटयकीय स्थलबाट हुम्लाले फाईदा लिन नसकिरहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ