Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्वरोजगार बन्दै रोल्पाली महिला

By kit 3 मिनेट पढाइ

जेठ २०, रोल्पा | चुलाचौकामा सीमित रहने रोल्पाली महिला सामाजिक तथा आर्थिक सशक्तीकरणका विभिन्न क्रियाकलापमा सहभागी हुन थालेका छन् ।

स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकारमा भएको महिला सहभागिताले उनीहरूलाई यस्ता क्रियाकलापमा सहभागी हुन सहज भएको छ ।

रोल्पा नगरपालिकाका महिलाले भने आर्थिक सशक्तीकरणका लागि सीपको जरुरी रहेको भन्दै एक महिने होजीयारी तालीममा सहभागिता जनाएका छन् । नगरपालिकाका १० वटै वडाबाट प्रतिनिधित्व हुने गरी २४ जनाको सहभागितामा सो तालीम सञ्चालन भइरहेको नगरप्रमुख पूर्ण केसीले जानकारी दिनुभयो ।

घरमै बसेर महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालीमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । रोजगारीका लागि महिलासमेत विदेश जाने प्रवृत्तिमा वृद्धि भइरहेको बेला स्वरोजगारमूलक यस्ता तालीमले स्वदेशमै बसेर पेशा व्यवसाय गर्न प्रेरित गर्ने सहभागीले बताएका छन् ।

उता माडी गाउँपालिकाले महिलाको नेतृत्व विकास तालीम सञ्चालन गरेको बताएको छ । अझै पनि सामाजिक संरचनामा महिलाको सम्मानजनक र सन्तोषजनक प्रतिनिधित्व नभएकाले गाउँपालिकाबाट बजेट विनियोजन गरी तालीम आयोजना गरेको माडी गाउँपालिकाकी टंकी बुढामगरले बताउनुभयो ।

संविधानले महिलाका लागि अधिकार दिए पनि व्यवहारमा महिला अझै घरमै सीमित रहनुपरेकाले महिला सशक्त नहुँदासम्म अधिकार हनन भइरहने भएकाले तालीम आयोजना गरिएको सोही गाउँपालिकाकी मनिषा घर्तीमगरले बताउनुभयो । रासस