२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

शोकमा तानसेन बजार बन्द

२०७५, २० जेष्ठ आईतवार ०७:३३

जेठ २०, पाल्पा | रम्भा गाउँपालिकाको हुँमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको शोकमा आज तानसेन बजार बन्द भएको छ । 

मृतकको शोकमा तानसेनका उद्योग व्यवसायीले स्वतः पसल बन्द गरेका हुन् । गत शुक्रबार तानसेनदेखि रामपुरतर्फ जाँदै गरेको बस हुँमिनमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । 

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले दुर्घटनामा परी मृत्यु हुनेहरुको शोकमा तानसेनका उद्योग तथा व्यवसाय बन्द गरेको जानकारी दिनुभयो । सहकारीका अभियन्ता तथा पाल्पाका उद्योगी व्यवसायीको निधनले ठूलो क्षति पुगेको छ । 

तानसेनस्थित लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली अवलोकन भ्रमणका लागि रामपुरतर्फ जाँदैगर्दा उनीहरु सवार लु१ख ९७५ नंको बस हुँमिनको धारादीमा दुर्घटना भएको थियो । 

जिल्ला सहकारी संघका सचिव विष्णु बम्रेलका अनुसार सहकारीका अभियन्ताका निधनका कारण शोकमा जिल्लाभरका सहकारी बन्द रहेका छन् । 

डिभिजन सहकारी पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीसहित १४ जनाको निधनले सहकारी आन्दोलनलाई ठूलो क्षति पुगेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते