२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीबाटबोक्सीको आरोपमा कुटपिट गर्ने तीन जना पक्राउ

२०७५, २१ जेष्ठ सोमबार ०५:३१

जेठ २१, इटहरी | सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 

मन्दिरका पुजारीले छोरीलाई देवी देउता लागेका भन्दै स्थानीय मन्दिरमा पूजा गर्न भनेबमोजिम पूजा गर्दैगर्दा गढी निवासी सुवालाल मेहताको निर्देशनमा उनका छोरा रमेशकुमार मेहता, रञ्जीत मेहता र अमरलाल मेहताले महिलामाथि बोक्सी आरोप लगाउँदै कुटपिट गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो । 

सुवालाल मेहताले युवालाई उक्साइ महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरी गाउँ नै निकाला गर्ने दुष्प्रयास गरेको अवस्थामा आइतबार साँझ तीन जना युवालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अघि बढाइएको छ । 

पीडित महिलालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते