Skip to content
Friday, July 17, 2026 Nepali Online Media

युवतीलाई भारततर्फ लैजादै गर्दा कञ्चनपुरबाट ३ जना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २१, कञ्चनपुर |</b> कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।&nbsp;<br></p><p>युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । “भारतीयलाई सघाउने महाकाली नगरपालिकाका दुई जनालाई समेत पक्राउ गरेका छौँ”उहाँले भन्नुभयो ।</p><p> पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उहाँको भनाइ रहेको छ ।(रासस)</p>