२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

खोप लगाउन आउने बालबालिका बढ्दै

२२ जेष्ठ २०७५, मंगलवार ०५:२९

जेठ २२, ललितपुर | गोदावरी–११ स्थित बज्रबाराही सामुदायिक अस्पतालमा खोप लगाउन आउने बालबालिकाको संख्या बढ्दै गएको छ । 

अस्पतालले दिने सेवामध्ये खोपमा बालबालिकाको चाप राम्रो रहेको अस्पतालका कार्यकारी कार्यक्रम निर्देशक गोशराज श्रेष्ठले बताउनुभयो । चापागाउँ र त्यस आसपासका ठाउँमा बस्ती बढ्दै जाँदा र अस्पतालले गुणस्तर कायम गर्दा खोप लगाउने बालबालिकाको संख्या बढिरहेको हो । अहिले वार्षिक झण्डै रु एक ८०० जना बालबालिका अस्पतालमा खोप लगाउन आएका छन् । 

अस्पतालमा आउने अरु रोगका बिरामीको संख्या घटिरहँदा खोप लगाउन आउने केही बढिरहेका छन् । उहाँ भन्नुहुन्छ, “अस्पताल नजिकका मात्रै होइन टाढाबाट धाएरै आउने पनि धेरै छन् ।” 

अस्पतालले प्रत्येक सोमबार खोप कार्यक्रम सञ्चालन गर्दै आएको श्रेष्ठ बताउनुहुन्छ । अरु कतिपय स्वास्थ्य केन्द्रले महिनामा एक पटक मात्रै खोप कार्यक्रम सञ्चालन गर्छन् । उहाँ भन्नुहुन्छ, “साता नै पिच्छे हुँदा पनि सेवाग्राही सेवा लिन आउने गरेका हुन् ।” विगतमा खोपसम्बन्धी उजुरी नभएकाले पनि यहाँ आउने बढिरहेको उहाँ बताउनुहुन्छ । 

अस्पतालले सन्तानलाई खोप लगाउन आउने अभिभावकलाई सन्तानको हेरचाह, जन्मान्तरलगायतका विषयमा समेत नियमित परामर्श दिँदै आएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य