पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २२, हुम्ला | विश्व वातावरण दिवसको उपलक्ष्यमा आयोजक जिल्ला प्रशासन कार्यालय र सहयोगी निकाय जिल्ला वन कार्यालयद्वारा जिल्ला कृषि विकास कार्यालयको प्रांगणमा आज ३० वटा स्याउका बोट रोपिएको छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सम्पूर्ण कार्यालयका प्रमुख नागरिक समाज गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष समेतको उपस्थितिमा स्याउको बोट रोपिएको हो ।

प्रजिअ ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले हुम्ला जिल्लामा पर्यटकलाई भविष्यमा स्याउका दानाले स्वागत गर्न पाउँदा हुम्लीहरु खुशी हुने बताउनुभयो ।(रासस)