२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा घरायसी झगडाका मुद्दा बढ्दै

२०७५, २२ जेष्ठ मंगलवार ०६:०६

जेठ २२, ललितपुर | महानगरीय प्रहरी परिसर ललितपुरमा साउनदेखि यता मात्रै १४३ घरायसी झगडाका मुद्दा दर्ता भएका छन् । 
महिला तथा बालबालिका सेवा केन्द्रमा महिला हिंसाका विभिन्न घटना आइरहेका छन् ।
त्यसमा सबैभन्दा बढी घरेलु झगडाका घटना भएको केन्द्रका प्रमुख चञ्चला श्रेष्ठले बताउनुभयो । श्रीमान् र श्रीमतीबीच पारिवारिक र आर्थिक बेमेलका घटना बढी आउने गरेका छन् । धेरैजसो मध्यम र निम्न वर्ग तथा अशिक्षित व्यक्तिका मुद्दा प्रहरीसम्म आउँछ ।उहाँ भन्नुहुन्छ, “सम्पन्न परिवारका कोही महिला पीडित नै भए पनि समाजले के सोच्ला भनेर डराएर आउँछन् ।” 
दशकौँदेखि प्रहरीसम्म उस्तै प्रकृतिका झगडा आउने गरेका छन् ।
श्रीमान्ले खान लाउन नदिएको, नागरिकता र सन्तानको जन्मदर्ता नगराएको र अर्की श्रीमती ल्याएका मुद्दा अझै बढी छन् । 
प्रविधिको प्रयोग र सामाजिक जीवनमा आएको परिवर्तनले गर्दा नयाँखालका घटनासमेत प्रहरीसम्म आउन थालेको छ ।
विवाह नगरी सँगै बस्ने तथा इन्टरनेट वा प्रविधिको प्रयोगमार्फत हुने हिंसाका घटना प्रहरीका लागि नयाँ हुन् । श्रेष्ठ भन्नुहुन्छ, “कतिपय अवस्थामा महिला आफ्ना श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै आउँछन् तर हामीले अनुसन्धान गर्दा विवाह नभई सँगै बसेका हुन्छन् ।” श्रीमान्–श्रीमतीको झगडामा पहिले श्रीमान् पीडक र श्रीमती पीडित हुन्थे । अहिले श्रीमतीबाट श्रीमान् पीडित भएका केही घटना प्रहरीसम्म आइरहेका छन् । 
साउनदेखि यता परिसरमा घरायसीबाहेक अरु झैझगडाका १४२ मुद्दा प्रहरीसम्म आएका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते