२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अपाङ्गता भएका ब्याक्तिहरुको दिगो विकास भत्ता र आरक्षणले मात्रै गर्न सक्दैनः सरोकारवाला

२०७५, २३ जेष्ठ बुधबार ०४:०८

जेठ–२३, अर्घाखाँची | अपाङ्गता भएका ब्याक्तिहरुको दिगो विकास भत्ता र आरक्षण ले मात्रै गर्न नसक्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सरकारी वा गैह्र सरकारी क्षेत्रले दिने सिमित भत्ता र केही प्रतिशत आरक्षणले अपाङ्गताको दिगो ब्यवस्थापन हुन नसक्ने भन्दै उहांहरुले दिगो ब्यवस्थापनको निम्ती अपाङ्गताको प्रकारगत तहको पहिचान गरि स्वरोजगारको अवसर दिनुपर्नेमा जोड दिनुभएको छ ।

अपाङ्गता क्षेत्रको समृद्धिको निम्ती काम गर्ने संस्था विकलाङ्ग मित्र समुहको आयोजना र सन्धिखर्क नगरको समन्वयमा हिजो सन्धिखर्कमा सम्पन्न अपाङ्गता ब्यवस्थापन सम्बन्धि पांच बर्षे रणनितिक योजनाको मस्यौदा निर्माण कार्यक्रममा सुझाव दिने बक्ताहरुले यस्तो बताउनुभएको हो । आयोजक संस्थाको तर्फबाट बिषय बिशेषज्ञ कृष्ण प्रसाद भट्टराईको अध्यक्षता एवम् सहजीकरण,रक्षा पाण्डे के.सी.को स्वागत मन्तव्य र लेखनाथ पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा सहभागिलाई चार समुहमा बिभाजन गरि मस्यौदा माथी सुझाव संकलन गरिएको छ । 


यस्तै कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल,पाणिनि गाउंपालिका उपाध्यक्ष लक्ष्मी गौतम र पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष हिम लेकाली लगायतले मन्तव्य राख्दै क्षमता अभिबृद्धि,नेतृत्व विकास,सिप मुलक तालिम जस्ता अभियान चलाई रोजगारीको सिर्जना गर्नु नै अपाङ्गता क्षेत्रको समस्या समाधानको उचित विकल्प हुन सक्ने भन्दै सोही अनुसार लाग्नुपर्नेमा जोड दिनुभएको छ । जिल्ला स्थित अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि,सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधि तथा पत्रकारहरुको समेत सहभागिता रहेको कार्यक्रममा शिक्षा,स्वास्थ्य,सामाजिकिकरण संगै यातायात क्षेत्र समेत अपाङ्गता मैत्री हुनुपर्ने सुझाव दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने