२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीको सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए

२०७५, २३ जेष्ठ बुधबार ०८:२३

जेठ २३, रुपन्देही | सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र ओझेलमा परेको छ । 

सैनामैना नगरपालिका–१ को विभिन्न स्थानमा बुद्धकालीन इँट्टा, औजार, पुरातात्विक महत्वका वस्तु, राजा र रानीले नुहाउने कुवा फेला परेकाले अहिले त्यस स्थानलाई तारबार गरेर संरक्षण गरिएको छ । 

सैनामैना नगरपालिकाले पुरातात्विक महत्वको सम्पदा संरक्षणका लागि नगरपालिका–१ स्थित सिरानटोलमा सैनामैना पुरातात्विक संग्रहालय समेत निर्माण गरेर बुद्धकालीन मूर्तिको संरक्षण गर्दै आएको हो । 

उक्त नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बुद्धकालीन सभ्यताको संरक्षणका लागि वृहत गुरुयोजना बनाएर काम गर्न खोजिएको जानकारी दिँदै उत्खनन नभएका कतिपय क्षेत्रमा उत्खननको तयारी भएको बताउनुभयो । 

उहाँले केही चिनियाँ यात्रीले लेखेको किताबको आधारमा खड्गशम्शेरले उसै बखत उक्त क्षेत्रमा बुद्धकालीन सभ्यताबारे चासो देखाएको उल्लेख गर्दै अहिले उत्खननका लागि संघीय सरकार र संग्रहालय निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग भएको बताउनुभयो । खड्गशम्शेर पाल्पाबाट सैनामैना आएको बताइएको छ । 

नगरप्रमुख कार्कीले त्यसका लागि कम्तीमा रु ५० करोड आवश्यक भएको जानकारी दिँदै त्यस क्षेत्रको संरक्षण र संबद्र्धन गर्न स्थानीय समाजसेवी झपेन्द्र जिसीको संयोजकत्वमा ‘सैनामैनाको ऐतिहासिक महत्व र लोकसंस्कृति संरक्षण समिति’ गठन गरिएको छ भन्नुभयो । 

सो समितिले बढीमा एक महिनामा प्रतिवेदन तयार गर्ने छ । समितिमा संस्कृतिविद् तथा प्राध्यापक डा गितु गिरी, रामप्रसाद भट्टराईलगायत हुनुहुन्छ । 

प्राध्यापक डा गिरीले लुम्बिनी विकास कोष ऐन– २०४२ ले लुिम्बनी र खास केही ठाउँ बाहेक अन्य ठाउँमा बुद्धकालीन सभ्यता छ वा छैन भन्ने विषयमा नबोलेकाले सैनामैनालाई बेवास्ता गरिएको बताउनुभयो । 

“त्यो क्षेत्र प्रकृति र संस्कृतिको संगमस्थल हो ।” उहाँले भन्नुभयो, “सैनामैनामा बुद्धकालीन अवस्थाको पहिचान गरी पर्यटको आर्कषण बढाउन सकियो भने लुम्बिनी आउने सबै पर्यटकलाई सैनामैनामा भित्र्याउन सकिन्छ ” । 

प्राध्यापक डा गिरीले बुद्धकालीन अवस्थाको चित्रणले यसको भिन्दै विशेषता ओगटे पनि यहाँ क्षेत्रमा सुकुम्वासीको अतिक्रमणले पनि समस्या देखिएको छ भन्नुभयो ।(रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते