२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

३१ लाख ८० हजार भारतीय रुपैयाँसहित पर्साबाट दुई जना पक्राउ

२३ जेष्ठ २०७५, बुधबार ०८:३२

जेठ २३, पर्सा | भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई सार्वजनिक गरेको हो । 

वीरगञ्जको रजतजयन्ती चोकबाट ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुबै जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेका थिए । ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा चढेर रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका चितरञ्जन र केशरीलाई शंका लागेर चेकजाँच गर्दा दुई हजार दरका एक हजार ५९० थान भारतीय नोटसहित प्रहरीले दुबै जनालाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । 

उहाँले बरामद रुपैयाँको स्रोत चितरञ्जन र केशरीले बताउन नसकेपछि आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धन विभाग हरिहर भवन काठमाडाँै पठाउन लागिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता