२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेवातालमा वेपत्ता भएका सुप्रिल १० दिनपछि यस्तो अवस्थामा भेटिए(भिडियोसहित)

२०७५, २३ जेष्ठ बुधबार १०:३३

जेठ २३ काठमान्डौ | गत जेठ १३ गते फेवातालमा वेपत्ता रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । जेठ १३ गते दिउँसो साढे तीन बजेतिर आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए ।

उनको शव झण्डै कुहिन लागिसकेको अवस्थामा बुधबार मध्यान्ह फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए । सुप्रिलका हजुरबुबा एक हप्तासम्म केहि पत्तो नलागेपछि पोखराबाट फर्केका थिए । डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाल आर्मी खोजीमा जुटेका थिए। 

फेवातालको शिर भागतिर गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने डिएसपी कार्कीले बताए । भक्तपुरबाट पाँच जना साथीको समूह जेठ १२ गते पोखरा घुम्न आएका थिए । रामेछाप घर भई भक्तपुर सुर्यविनायक बस्ने १८ वर्षीय सुप्रिल लामा, सिन्धुली घर भई सोहि ठाउँ बस्ने १८ वर्षीय बिशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, सो ठाउँका १७ वर्षीय शुशिल कुँवर र काठमाण्डौ सितापाईला घर भएका १७ वर्षीय अनिल रोक्का सहित ५ जना पोखरा आएका थिए । फेवाताल घुम्ने क्रममा डुंगामै चट्याङ परेपछि सुप्रिल डुबेका थिए । साथीहरुले बचाउने प्रयास गर्दा समेत लाइफ ज्याकेटको तुना नबानेका कारण सुप्रिललाई तान्न खोज्दा पानीबाट तान्न नसकेको उनीहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही