२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा चौविस लाख बराबरको सुन चाँदीसहित युवक पक्राउ

२०७५, २४ जेष्ठ बिहीबार ०२:४६

जेठ २४, गौशाला | महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, जलसागर, महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताउनुभयो । 

गएराति करीब ८ बजेतिर बीआर ०७ एबी ४९१८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाइछिपाइ नेपालबाट भारत विहारको मधुबनी जिल्ला लैजाँदै गरेको अवस्थामा सुराकीको आधारमा सशस्त्र प्रहरी निरीक्षक उमेश आलेमगरको नेतृत्वमा खटिगएको सातजनाको सशस्त्र प्रहरीको टोलीले शंका लागी युवक ठाकुरलाई मटिहानी नगरपालिका–३ स्थित आवरचोकमा चेकजाँच गर्दा उनी सुन र चाँदीसहित पक्राउ परेका हुन् । 

युवक ठाकुरको साथबाट प्रहरीले रु २४ लाख मूल्य पर्ने २० किलो चाँदी र २०० ग्राम सुन बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । 

त्यस्तै, युवकको साथबाट एक थान मोबाइल र मोटरसाइकलसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अवैध सुन र चाँदीसहित पक्राउ परेका युवक ठाकुरलाई सुन, चाँदीसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय, पथलैया पठाइएको सशस्त्र प्रहरी जिल्ला कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते