२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा प्रहरी हिरासतबाटै २ कैंदी फरार भएपछी…

२०७५, २५ जेष्ठ शुक्रबार ०६:५८

रेशमराज रोकाया/जेष्ठ २५, हुम्ला | हुम्ला जिल्ला प्रहरी कार्यालयको हिरासतबाट शुक्रबार बिहान २ जना कैदी फरार भएका छन । फरार हुनेमा कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि ७ महिना अघि कारागार चलान गरिएका चंखेली गाउपालिका वडा नं. ३, मिमिका लोकेन्द्र बुढा र चोरी तथा सार्बजनिक अपराध सम्बन्धी मुद्दाका अभियुक्त खार्पुनाथ गाउपालिका वडा नं. ४ छिप्राका लेखे नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक बिष्णु बहादुर सिंहले जानकारी दिए । लेखे नेपाली धरौटी १० हजार रकम भुक्तान गर्न नसकेर कारागारमा रहेका थिए ।

प्रहरी स्रोतले जानकारी गराए अनुसार थुनामा रहेका कैंदी शुक्रबार विहान २ देखी ३ बजेको समयमा कारागारबाट भागेको हुन सक्ने आशंका गरिएको छ । कैदी भागेको विहान ५ बजेमात्र थाहा भएको प्रहरी निरिक्षक विष्णु बहादुर सिँहले जानकारी गराउनुभयो । कैदी भागेको थाहा हुने वित्तिकै संकास्पद स्थानका प्रहरी परिचालन गरी खोजी गरिरहेको समेत सिँहले बताउनुभयो । जिल्लामा कारागार भवन नहुँदा थुनामा रहेका कैंदीलाई ७ वर्ष देखी जिल्ला प्रहरी कार्यालयको हिरासतमा नै राखिँदै आएको थियो ।

खोजतलासका क्रममा कर्तब्य ज्यान मुद्याका लोकेन्द्र बुढालाई सिमकोट गाउपालिका ८ याङगु गाउ माथिको जंगलमा भागीरहेको अबस्थामा प्रहरीले फेला पारेको छ भने सार्बजनिक अपराध सम्बन्धि मुद्दाका लेखे नेपाली अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रबिन श्रेष्ठले बताए । जिल्ला प्रहरी कार्यालय भित्र २४ सै घण्टा कडा सुरक्षा घेरामा रहेको हिरासतबाट यसरी कैँदी फरार हुँदा शंका उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ