2026-09-13 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाको सिमिकोट-८ मा करेन्ट लाग्दा गोरुको मृत्यु, स्थानीयलाई खतरा

रेशमराज रोकाया | जेठ २५, हुम्ला | सिमिकोट गाउँपालिकाको वडा नं. ८ स्थित साँताको लिउरा खेत भन्ने स्थानमा करेण्ट लाग्दा स्थानिय भैर सिँहको गोरु मरेको खबर स्थानिय महेन्द्र रोकायाले जानकारी गराएका छन् । 

हिल्दुम जलविद्युत केन्द्रद्धारा वितरित विद्युतको पोलमा करेण्ट प्रवाह भएकोले सो घटना हुन गएको हो । हिजो बेलुका करिब ४ बजेतिर लागेको करेण्ट हालसम्म त्यस आसपासका क्षेत्रमा करेण्ट प्रवाह भईरहेको हुँदा त्यस क्षेत्रका वासिन्दालाई खतरा भएको समेत रोकायाले जानकारी गराउनु भयो । गोरुको पुरै जिउ विद्युत पोलमा अहिले पनि टाँसिएको अवस्थामा रहेको छ ।

हिल्दुम वितरण केन्द्रले हुम्लाको सिमिकोट र खार्पुनाथ गाउँपालिकाको १ हजार ७ सय ग्राहकलाई विद्युत सेवा दिँदै आईरहेको छ । बेला बेला मर्मत सम्भारको अभावले विद्युत कटौती गर्ने गरेको भएता पनि एक हप्ता अघिदेखि नियमित विद्युत आपुर्ती गर्दै आईरहेको वितरण केन्द्रका रहेको पोल बाँगिएका र मर्मत सम्भार नहुँदा वस्तुभाउलाई यसरी करेण्ट लाग्ने गरेको छ । यसअघि वितरण केन्द्रका पोलमा नै करेण्ट प्रवाह भई ३ वटा पशु चौपायको मृत्यु भईसकेको छ । वितरण केन्द्रका विद्युतका पोल हाल पनि बाँगा-टिँगा भएका र ढल्ने अवस्थाका रहेका छन् । विद्युतको लाईन कुनै ठाउँमा जमिनमा नै लत्रिएर रहेको अवस्थामा भएको हुँदा अझ बढी खतरा भएको स्थानियले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले