२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा पानीमा डुबेर किशोरीको मृत्यु

२०७५, २७ जेष्ठ आईतवार ०४:०१

जेठ २७ , बर्दिवास | महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ । पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ । 

बर्दिवास–१० का हिरासिंह थिङ्की १६ वर्षीया छोरी सुषमा थिङ्को जेसिभी मेसिनले बालुवाढुङ्गा उत्खनन गरेको खाल्डोमा डुब्दा शनिबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दिउँसो साथीहरुसँग गाईवस्तु चराउन गएकी सुषमा पानीले भरिएको खाल्डोमा पौडी खेल्न पस्दा डुबेकी हुन् । उनी डुब्नासाथ वरपर हल्लिखल्ली भएपछि परिवारजनले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक वासुदेव थापाले बताउनुभयो । 

सुषमा बर्दिवास–१० स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । शवपरीक्षणका लागि जनकपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय प्रहरीले जनाएको छ । 

यसअघि गत वर्ष जेठमै बर्दिवास–१३ बिजलपुरामा र २०७३ सालको असारमा बर्दिवास–९ पशुपतिनगरमा यस्तै खाल्डामा डुबेर एक÷एक जनाको मृत्यु भएको थियो । बर्षेनि खाल्डामा डुबेर मानवीय क्षति हुँदै आएपछि यस भेगका सर्वसाधारणले बालुवाढुङ्गा उत्खनन गर्ने काम ठाउँ छनोट गरेर मात्र गर्न र ठूलठूला खाल्डा बनेका ठाउँ पुर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते