२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

समयमै काम नगर्ने नुवाकोटका यी ठेकेदार विरुद्द कारवाहीको सिफारिस

२०७५, २७ जेष्ठ आईतवार ०७:४६

जेठ २७, नुवाकोट | विकास निर्माण तथा भौतिक संरचनाअन्तर्गत ३१ योजनाको काम तोकिएको समयमा पूरा नगर्ने ठेकेदार (व्यवसायी) लाई कारवाहीका लागि यहाँको प्रशासनले गृहमन्त्रालयमा सिफारिस गरेको छ । 

गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले संकलन गरेको विवरणअनुसार जिल्लाका चार कार्यालयमार्फत सञ्चालित ती योजना समयमा नै सम्पन्न नगर्ने ठेकेदार कम्पनी र त्यसका सञ्चालकको विवरण कारवाहीका लागि गृहमन्त्रालयमा पठाइएको हो । 

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार प्राविधिक कार्यालय मातहतका तीन योजना, मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयको पाँच योजना, डिभिजन सडक कार्यालयको बाह्र योजना र शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ठेक्का भएका एघार योजना तोकिएको समयमा पूरा नगर्ने ठेकेदारको विवरण कारवाहीका लागि गृहमा पठाइएको छ । 

तोकिएको समयमा काम पूरा नभएका योजनामा सडक, स्वास्थ्य चौकी, पक्की पुल, सिँचाइलगायतका योजना छन् । 

भौतिक संरचना निर्माणको भूमिकामा रहेका जिल्लाका बाह्रवटा कार्यालयसँग लिएको तथ्याङ्कमा चार कार्यालयका ३१ योजना निर्माणको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा काम नगरेको तथा गरेपनि गुणस्तरहीन गरेको भन्दै कारवाहीका लागि सिफारिस गरिएको प्रजिअ थापाले बताउनुभयो । 

ठेकेदारले जिम्मा लिएका योजना तोकिएको समयमा पूरा नहुनुमा गत वर्ष सम्पन्न निर्वाचन र त्यो समयमा लगाएको निर्वाचन आचारसंहिता, तीन वर्षअघि गएको विनाशकारी भूकम्प र त्यसपछिको नाकाबन्दी, लगातारको वर्षा, निर्माण सामग्रीको अभाव मुख्य कारण देखाइएको छ । 

ठेकेदारको लापरवाही तथा काम नगर्ने मनस्थिति, योजना सञ्चालन भएको स्थानमा स्थानीयवासीको अवरोध, निर्माण व्यवसायी किर्ते अभियोगमा पक्राउ पर्नुलगायतले पनि योजना सम्पन्न गर्न चुनौती देखिएको भन्दै कारवाहीका लागि यहाँको प्रशासनले शुक्रबार गृह मन्त्रालयमा सिफारिस गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला