२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चट्याङ्ग लागेर दुई विद्यार्थीको मृत्यु

२०७५, २७ जेष्ठ आईतवार १८:०५

जेठ २७, सुर्खेत । सुर्खेतमा चट्याङ लाग्दा विद्यालयमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ । वीरेन्द्रनगरदेखी उत्तर पूर्वमा रहेको चिङ्गाड गाउँपालिका–४ मटेलास्थित धनपानी  प्राथमिक विद्यायका दुई विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका–४ का निर्मला चन्द र अमर चन्द छन् ।

स्कूल नजिक सल्लाको रुखमा चट्याङ्ग पर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । चट्याङ्ग लागेर सोही विद्यालयका ५ जना विद्यार्थीहरु घाईते भएका छन् । घाईते हुनेमा चिङ्गाडकै दुर्पता चन्द, निरुता चन्द, लक्ष्मी चन्द, तारा कुमारी चन्द र सुरेश चन्द छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते