२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा भीरबाट खसेर एकको मृत्यु

२७ जेष्ठ २०७५, आईतवार १८:०७

जेठ २७, दैलेख । दैलेखको नौमुले गाउँपालिका–७ पैतीकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ । २८ वर्षीया सितला बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक बजीरसिंह विष्टले जानकारी दिए ।

सिलाजुपाखा भन्ने वनमा घाँस काटेर फर्किंदै गर्दा आँसी उद्याउने गल्फा भन्ने ठाउँमा बोकेको भारी भित्तामा ठोकिँदा चिप्लेर झन्डै ८० मिटर तल ठूलाखोलामा खसेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

भीरबाट खस्दा टाउको फुटेको र शरीरभरी चोट लागेर खोलाको किनारमा खसेको अवस्थामा गोठाला गएका तिलबहादुर बस्नेत र घटनास्थलनजिक घट्ट कुरुवा जंगबहादुर बस्नेतले पानी खुवाएलगत्तै प्राण गएको पारिवारका सदस्यले बताए । साथैमा घाँस काट्न गएकी काइली देवरानी निर्मला विक अगाडि भएको कारण जेठानी सितला भीरमा खसेको आवाज आएपछि मात्र थाहा पाएकी थिइन् । सितलाले बोकेको घाँसको भारी अहिले पनि भीरमै अड्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य