२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

विद्युत् चोरीमा संलग्न १७ जना सप्तरीबाट पक्राउ

२०७५, २९ जेष्ठ मंगलवार १२:१८

जेठ २९, राजविराज | प्रहरीले विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत आज विद्युत् चोरीको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराज, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अनुगमन टोलीद्वारा जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमनले विद्युत्को पोलमा हुकिङ गरिरहेका १७ जनालाई पक्राउ गरिएको विद्युत् प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । 

पक्राउ परेकाको साथबाट एक थान पानी तान्ने मोटर, एक थान टिभी, एक थान पंखा बरामद गरिएको प्रमुख साहले जानकारी दिनुभयो । उनीहरुबाट विद्युत् ऐनअनुसार प्रत्येक व्यक्तिबाट रु १५ हजार ५०२ दण्ड जरिवाना तिराएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते