२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

३१ जेष्ठ २०७५, बिहीबार ०३:४५

राजविराज, ३१ जेठ | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । 

काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । 

बसको ठक्करबाट मोटरसाइकलमा सवार सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने धर्मेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ । यस्तै, सोही मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका–३ बस्ने वैजनाथ साह गम्भीर घाइते भएका छन् । 

गम्भीर घाइते भएका वैजनाथको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । यता बस र चालक तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालय, कल्याणपुरले नियन्त्रणमा राखेको जिप्रकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु