२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश नं ४ मा दुई विधेयक पारित

२०७५, ३१ जेष्ठ बिहीबार १०:५५

जेठ ३१, पोखरा | प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक पारित भएको छ । 


आजको बैठकमा दुवै विधेयकमाथि दफावार छलफलपछि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले पारित गरेको हो । 

बैठकमा प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भयो भने वित्त व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । 

यसअघि प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरू मीनप्रसाद गुरुङ, मेखलाल श्रेष्ठ, चन्द्रबहादुर बुढा, कृष्ण थापा, विन्दुकुमार थापा, दोवाटे विश्वकर्माले प्रदेशको समृद्धि र विकासका लागि राजश्व उठ्नु आवश्यक भएको बताउँदै यसको चुहावट नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा हरिशरण आचार्यले कृषि आयमा कर सम्बन्धमा गरीब व्यवसायी, निर्वाहमुखी साना किसानले उत्पादन गरेका वस्तुमा कर लगाइने छैन भनी उल्लेख गर्न संशोधन प्रस्तुत गर्नुभए पनि उक्त संशोधन बहुमतले अस्वीकृत भएको थियो । 

त्यस्तै प्रदेश वित्त व्यवस्थापन गर्न बनेको विधेयकमाथिको छलफलमा धनञ्जय दवाडी, मणिभद्र शर्माले भाग लिँदै यस विधेयकले बजेटको कार्यान्वयन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । 

सदस्यले उठाएका विषयमा धारणा राख्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशमा आम्दानीको स्रोत बढाउनका लागि राजश्व उठ्नु अपरिहार्य भएका कारण प्रदेश कर तथा गैरराजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याइएको बताउनुभयो । अर्को बैठक शुक्रबार ४ बजे बस्नेछ ।रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित