२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश नं ४ मा दुई विधेयक पारित

३१ जेष्ठ २०७५, बिहीबार १०:५५

जेठ ३१, पोखरा | प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक पारित भएको छ । 


आजको बैठकमा दुवै विधेयकमाथि दफावार छलफलपछि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले पारित गरेको हो । 

बैठकमा प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भयो भने वित्त व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । 

यसअघि प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरू मीनप्रसाद गुरुङ, मेखलाल श्रेष्ठ, चन्द्रबहादुर बुढा, कृष्ण थापा, विन्दुकुमार थापा, दोवाटे विश्वकर्माले प्रदेशको समृद्धि र विकासका लागि राजश्व उठ्नु आवश्यक भएको बताउँदै यसको चुहावट नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा हरिशरण आचार्यले कृषि आयमा कर सम्बन्धमा गरीब व्यवसायी, निर्वाहमुखी साना किसानले उत्पादन गरेका वस्तुमा कर लगाइने छैन भनी उल्लेख गर्न संशोधन प्रस्तुत गर्नुभए पनि उक्त संशोधन बहुमतले अस्वीकृत भएको थियो । 

त्यस्तै प्रदेश वित्त व्यवस्थापन गर्न बनेको विधेयकमाथिको छलफलमा धनञ्जय दवाडी, मणिभद्र शर्माले भाग लिँदै यस विधेयकले बजेटको कार्यान्वयन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । 

सदस्यले उठाएका विषयमा धारणा राख्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशमा आम्दानीको स्रोत बढाउनका लागि राजश्व उठ्नु अपरिहार्य भएका कारण प्रदेश कर तथा गैरराजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याइएको बताउनुभयो । अर्को बैठक शुक्रबार ४ बजे बस्नेछ ।रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की