२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्क नगरपालिका १० मा सिलाइकटाइ तालिम सम्पन्न

२०७५, ३१ जेष्ठ बिहीबार १४:४८

जेठ ३१, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्वर १०  विहारमा सञ्चालित तीन महिने सिलाइकटाइ तालिम सम्पन्न भएको छ । 

घरेलु तथा साना उद्योग विकाु समितिको आयोजनामा सञ्चालित तालिममा १४ वना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सिकेका कुरालाइ ब्यबहारमा उतारी सिलाइकटाइ ब्यबसाय सञ्चालन गर्ने सहभागीहरुले बताएका छन । 

तालिमको समापन समारोहमा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले तालिममा सिकेका कुरालाइ ब्यबहारमा उतार्न र प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । उहाले स्वरोजगार सृजना गर्न सिलाइकटाइ तालिमले मद्धत गर्ने उदेश्यले तालिम सञ्चालन गरेको बताउनु भयो । 

उपप्रमुख ठाकुर कुमार विकले सिलाइकटाइ ब्यबसायले महिलाहरुलाइ जीविकोपार्जनमा ठुलो सहयोग पुग्ने बताउदै केहि महिलाहरुले मनग्य आम्दानी समेत गरेको बताउनु भयो । उहाले नगपालिकाले सिपमुलक तालिमहरु सञ्चालन गरेर स्वरोजगार सृजना गर्न नँया कार्यक्रम ल्याउन थालेको जानकारी दिनु भयो ।  

कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख कमल सुतार कार्की, वडा सदस्य शान्ता नेपाली, प्रशिक्षक विनीता परियार, प्रशिक्षार्थीको तर्फबाट सिता आचार्य, लगायतले मन्तब्य राखेका थिए । 

कार्यक्रम सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीको अध्यक्षता र अरुण कुमार आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने