२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

१४ वर्षीया बालिकासँग बिवाह गर्ने एक भारतीय युवक सुनसरीबाट पक्राउ

२०७५, १ असार शुक्रबार ०६:०५

असार १, इटहरी | बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार मुखिया पक्राउ परेका छन् । 

उनलाई सुनसरीको भण्टाबारी प्रहरीले बिहीबार नियन्त्रणमा लिई कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवामा ल्याइएको प्रहरीले बताएको छ । 

गत जेठ ६ गते देवु मुखियाका छोरा रामकुमार मुखियाले सप्तरी जिल्लाको तिरहुता गाउँपालिका–४ की १४ वर्षीया बालिकासँग आमाबाबुको मञ्जुरी विना बिवाह गरेर भारतको विहारस्थित घरमा पुर्याएको र बालिकाले त्यसलाई इन्कार गर्दै त्यहाँबाट भागेर नेपाल—भारत सीमा नजिक भण्टाबारी आईपुग्दा उनलाई ललाइफकाइ घरतिर लैजाने कोसिस गर्दैगर्दा प्रहरीले ती दुवैलाई फेला पारेको बताइएको छ । 

बालिकाले विवाह भएका केटा रामकुमारसँग जान नमानेको अवस्थामा प्रहरीले फेला पारेर सोधखोज गर्दा बालविवाह गरेको खुलेकाले बालविवाहकर्ता मुखियासहित बालिकालाई समेत नियन्त्रणमा लिएर सोधखोज एवं अनुसन्धान गर्दै उनीहरुका अभिभावकलाई समेत खोजी अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जानकारी दिएको छ । 

प्रहरीले नियन्त्रणमा लिएकी बालिकालाई भने सुरक्षार्थ सुनसरी जिल्ला सदरमुकाम इनरुवामा रहेको सेफ हाउसमा राखेको पनि थप जानकारी दिँदै दुवैका बाबुआमा समेतको मञ्जु्रीमा विवाह भएकाले उनीहरुका अभिभावकलाई समेत नियन्त्रणमा लिने तयारी भइरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते