२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा जोखिम तथा श्रमिक बालबालिकाहरुलाई शैक्षिक तथा खाधान्न सामाग्री बितरण

२०७५, २ असार शनिबार ११:२७

मनिषा राई | असार २, रोल्पा | जोखिम तथा श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री तथा खाधान्न सामग्री बितरण कार्यक्रम माडी गाउपालिका २ घर्तीगाउ रोल्पामा सम्पन्न भएको छ ।

माडी गाउपालिका २ वडाकार्यलयको आर्थिक सहयोग, हातेमालो कृषि सहकारी संस्था लिमिटेड घर्तीगाउको समन्वय, माडी गाउन्पालिका २ को बजेट र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाको साझेदारीमा एकिकृत परियोजना अन्तर्गतको घुम्ति कोषको रकमको व्याजको ५० प्रतिशत रकमबाट उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।

गाउ बाल संरक्षण समिति माडी २ घर्तीगाउ रोल्पाका संयोजक देव बहादुर वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष वलीले कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगराई बिधालय उमेरका बालबालिकाहरुलाई बिधालयको पहुचमा ल्याई शिक्षा प्रदान गरी बालबालिकाको भविष्यमा  बिशेष जोड दिन सम्पुर्ण अभिभाबकहरुलाई आग्रह गर्नुभएको थियो ।


त्यस्तै कार्यक्रमका प्रमुख अतिथि माडी गाउपालिका २ का वडाअध्यक्ष ललित घर्तीमगरले गत बर्षहरुमा बालबालिकालाई रकम दिदा आफना अभिभावकहरुले जाडरक्सीमा खर्च गरीदिएकोले गर्दा यस बर्षदेखि शैक्षिक सामाग्री नै बितरण गरीएको बताउनुभयो ।

कार्यक्रममा हातेमालो सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपाल घर्तीमगरको बिशिष्ट आतिथ्यता रहेको थियो भने नेकपाका प्रतिनिधि अमरसिंह घर्तीमगर, श्रोतव्यक्ति कविराज रिजाल, बजार व्यवस्थापन समितिका घर्तीगाउका अध्यक्ष कमल घर्तीमगर, माडी गाउपािलका २ का वडासदस्य खडक बहादुर घर्तीमगर, व्यापारी, बुद्धिजिवि, अभिभावक, समाजसेवी, सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि लगायतको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ५५ जना बालबालिकालाई शैक्षिक तथा खाधान्न सामाग्री बितरण गरीएको थियो भने इलाका प्रहरी कार्यालय घर्तीगाउ रोल्पाका प्रहरी नायव निरिक्षक मिलन श्रेष्ठले चट्याङ पर्दा हुने जनधनको क्षतिबाट बच्नको लागि सचेतनामुलक सन्देश समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सन्चालन गाउ बाल संरक्षण समिति माडी २ घर्तीगाउ रोल्पाका सचिव यज्ञ बहादुर डागीले गर्नुभएको थियो भने सहजीकरण हातेमालो कृषि सहकारी संस्था लिमिटेड घर्तीगाउ रोल्पाका व्यवस्थापक बन्दना घर्तीमगरले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ