२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलमा पत्रकारिता तालिम

२०७५, २ असार शनिबार ११:३४

चिसाङ शेर्पा | असार २, खोटाङ | प्रत्येक वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले दिक्तेलमा पाँच दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ शाखा कार्यालय खोटाङको आयोजनामा शनिबारदेखी पाँच दिने आधारभूत पत्रकारिता तालिम दिक्तेलस्थित होटल शुभदिनमा सुरुवात भएको हो ।

स्थानिय स्तरमा हुने गरेका गतिविधिलाई सहज तवरमा सञ्चार माध्यमसम्म पुर्याउन नगरपालिकाभित्रका १५ वडाका प्रत्येक वडाबाट सहभागी गराई पत्रकारिता तालिम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव उत्तम चौलागाँइले जानकारी दिए । तालिममा ३६ जनाले सहभागीता जनाएका छन् । सहभागी प्रशिक्षार्थीलाई जिल्लाका वरिष्ठ पत्रकारहरु कृष्ण आचार्य, डम्बर सिं राई, दिलीप खत्री, डिएम चाम्लिङ, उजुर राई, सुर्य तामाङ लगायतले प्रशिक्षण दिइरहनु भएको छ ।

पाँच दिने आभारभूत तालिममा श्रव्य–दृश्य रुपमा पत्रकारिता तालिम सम्बन्धी जानकारी गराइने पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईले बताए । तालिमको पहिलो दिन पत्रकार दिलीप खत्री, डिएम चाम्लिङ र उजुर राईले प्रशिक्षण दिनुभएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका गतीविधिलाइ क्षणभरमै पहिचान गराउने पत्रकारिता पेशालाइ निरन्तरता दिए तालिमको सार्थकता हुने मेयर दिपनारायण रिजालले बताउनुभयो । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै मेयर रिजालले ‘समाज परिवर्तनमा पत्रकारिताको माध्यमबाट रखवारी, खवरदारी गर्न सहभागीलाई आग्रह गरे ।


सुचना आदानप्रदान गर्नमा सबैभन्दा भरपर्दो माध्यम पत्रकारिता पेशा भएको भन्दै प्रशिक्षार्थीहरु उत्साहित बनेका छन् । तालिममा सहभागि प्रशिक्षार्थीलाई तालिम पश्चात निरन्तर लागि पर्न कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । नुनथला, जालपा, निर्मलीडाडाँका वडाबाट प्रशिक्षार्थी सहभागी नभएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित