2026-09-14 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा ‘टोल–टोलमा प्रहरी’ अभियान सञ्चालनमा

टेकेन्द्र बोहरा | असार २, बझाङ | बझाङमा पनी हरेक ‘टोल–टोलमा प्रहरी’ अभियान सञ्चालने असार १ गतेवाट  सञ्चालनमा आएको छ ।

 हरेक नागरिकहरुको घरदैलोमा प्रहरीको प्रत्यक्ष गएर शान्ति सुरक्षा अपराध रोकथाम र अनुसन्धानमा सहज ल्याउन तथा समुदायमा घट्ने अपराध लाई न्यूनिकरण गर्ने उदेश्यका साथ टोलटोलमा प्रहरी अभियान सुरु हुने भएको हो ।

जिल्लाको जयपृथ्बी नगरपालिकाका ११ वटै वडाहरुका सबै टोलटोलहरुमा सचेतना दिनका लागि प्रहरीहरु परिचालनका लागि टोली समेत गठन गरिएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको  जनाएको छ ।

नागरिक मैत्री प्रहरीको रुपमा नेपाल प्रहरीको छबिलाई विस्तार गरि गाँउघरमा हुने अपराधका घटनाहरुको बारेमा कानुनी सचेनता तथा उजुरी गर्ने प्रकृयाका बारेमा जानकारी दिन टोलटोलमा प्रहरी अभियान सुरु गरिन लागेको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले जानकारी दिएका छन् ।

जिल्लाको  जयपृथ्बी नगरपालिकाका सबै वडाका सबै टोलटोलमा पुगि सचेतना अभिबृद्धि गरिने जनाइएको छ । 

साउनपछि जिल्लाका सबै स्थानिय तहमा समेत यो कार्यक्रम सन्चालन गरि न्याय सम्पादन प्रकृयामा सहज हुने विस्वास लिएको उनको भनाइ छ । 

पछिललो समयमा जाड रक्सीका कारण घरलु हिंसा तथा महिला हिंसाका घटनाहरु बढी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ