2026-09-14 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा साढे पाँच हजार मोतिविन्दुका बिरामी

असार ३, दाङ (रासस) | जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६५७ जना मोतिविन्दुका बिरामी रहेको तथ्याङक देखिएको र उपचार विधिबाट हटाउन सक्ने तथा न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि स्थानीय निकायहरुको सहकार्यमा परियोजना शुरु गरेको जनाएकोछ । 

सरकारको स्वास्थ्य नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग पुर्याउन तथा सन् २०२० सम्म उपचारबाट घटाउन सक्ने न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि मोतिविन्दुको निःशुल्क शल्यक्रिया तथा दृष्टिदोषको उपचारसेवा शुरु गरेको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताउनुभयो । जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई मोतिविन्दुरहित गाउँ शहर बनाउनमा सहयोग पुर्याउने उद्देश्यले सो परियोजना ल्याएको बताइएको छ । जसअन्र्तगत तुलसीपुर, घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात वटै गाउँपालिकासँग समन्वय गरिरहेको नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले बताउनुभयो । स्थानीय निकायको ६० प्रतिशत र अस्पतालको ४० प्रतिशत सहभागितामा यस्तो उपचार सेवा शुरु गर्न लागिएको हो । 

जसअन्र्तगत विभिन्न स्थानमा निःशुल्क आँखा चेकजाँच शिविर राख्ने र त्यहाँ भेटिएका बिरामीलाई अस्पतालमा शल्यक्रिया गर्ने अस्पतालले जनाएको छ । एउटा व्यक्तिको मोतिविन्दुको शल्यक्रियाका लागि रु आठ हजार रकम लाग्ने र सो मध्ये स्थानीय निकायले ६० प्रतिशत र अस्पतालले ४० प्रतिशत रकम व्यहोर्ने गरी कार्यक्रम तयार पारिएको छ । जसले गर्दा पैसाको अभावले न्यून दृष्टियुक्त भएर बस्नु नपर्ने नेत्रज्योति संघले जनाएको छ । 

जिल्लाको घोराही उपमहानगरपालिकाको १९ वटा वडामा एक लाख ५६ हजार जनसंख्यामा एक हजार ५८४ जनामा मोतिविन्दु रहेको पाइएको छ । त्यस्तै, तुलसीपुर उपमहानगरपालिका सबै वडाभित्र रहेको एक लाख ४१ हजार जनसंख्यामा एक हजार ४३५ जनामा मोतिविन्दुको समस्या रहेको छ । त्यसैगरी, लमही नगरपालिकाभित्र ४८३, राजपुर गाउँपालिकामा २५४, गढवा गाउँपालिका ३९१ र राप्ती गाउँपालिकामा ४१३ जना मोतिविन्दुको समस्या रहेको छ । अस्पतालले प्रत्येक वर्ष २४ हजार बढीको आँखा रोगीको आँखामा देखिएको मोतिविन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि दिने गरेको नेत्र अधिकृत शालिकराम गौतमले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले