२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा सर्पको बिगबिगी, १ महिनामै ४२ को उपचार

३ असार २०७५, आईतवार ०६:५५

असार ३, बर्दिवास | प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो । 

जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका बिरामी उपचारमा आएकामा अन्यत्र उपचारमा जान सिफारिस गरिएकी बर्दिवास–१ की एक चार वर्षीया बालिकाको भने मृत्यु भएको उक्त केन्द्रका व्यवस्थापन समिति अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । 

सर्प र बिच्छीको खानी नै रहेको भनिने बर्दिवास क्षेत्रमा सर्पदंशका घटनाले मानवीय क्षति बढ्दै गएपछि गौरीडाँडामै रहेको नेपाली सेनाको गुल्मले छजना सर्पदंशको उपचार गर्ने दक्ष जनशक्ति उपलब्ध गराएपछि स्थानीय समुदायको पहलमा २०७१ साल साउन ३१ गते उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो । स्थापनाकालदेखि हालसम्म ९५० जनाले उपचार लिएकामा २५ जनालाई मात्र अन्यत्र सिफारिस गर्नुपरेको र ९२५ जना भने उपचारपछि स्वस्थ भएर घर फर्केका उहाँले बताउनुभयो । 

उपचार केन्द्रको अभिलेखअनुसार चालू आर्थिक वर्षको गत साउनदेखि जेठ मसान्तसम्म २३२ सर्पदंशका बिरामीले उपचार लिएका छन् । त्यसैगरी आव २०७३÷७४ मा २७३, आव २०७२÷७३ मा २७० र आव २०७१÷७२ मा १६५ जनाले उपचार लिएका थिए । 

उपचार केन्द्रमा एण्टी स्नेक भाइल राखिए पनि स–साना नानीहरु र स्वास्थ्यका कारण कमजोर रहेकाहरुको उपचारमा आवश्यक पर्ने भेन्टिलेटरको व्यवस्था नहुँदा त्यस्ता बिरामीलाई सिफारिस गर्नुपरेको केन्द्रले जनाएको छ । त्यस्तै सिफारिस गरिएकामध्येबाटै कतिपय बिरामीको मृत्यु भएको अध्यक्ष देवकोटाले बताउनुभयो । भेन्टिलेटरसहितका उपचार उपकरणका लागि स्वास्थ्य मन्त्रालयमा कैयन पटक आग्रह गरिँदा पनि व्यवस्था भने हुन नसकेको उहाँको गुनासो थियो । 

जिल्लाको उत्तरी क्षेत्रको यो अवस्थासँगै सुदूर दक्षिणी भेगमा पनि सर्पदंशका घटना बढ्दै गएका छन् । जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा राजिव झाले जेठ लागेयता १०भन्दा बढी सर्पदंशका बिरामीले उपचार लिएका जानकारी दिनुभयो । 

जिल्लामा गर्मी शुरु भएपछि भने गोमन र करेत जातका विषालु सर्प र ढोडिया, हरहरालगायतका विष नलाग्ने सर्प छ्यापछ्याप्ती देखिने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो