सास । असार ३, बर्दिया ।

मुलुक नयाँ संरचनामा प्रवेश गरेपश्चात संघ, प्रदेश र स्थानीय सरकार बनिसकेपछी गाउँ गाउँमा सिंहदरबार भनिएतापनि वास्तविक रुपमा गाउँ गाउँमा छाडा सिँहहरु आएको नेपाल पत्रकार महासंघ बर्दिया अध्यक्ष राजेन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार ३, बर्दिया ।

मुलुक नयाँ संरचनामा प्रवेश गरेपश्चात संघ, प्रदेश र स्थानीय सरकार बनिसकेपछी गाउँ गाउँमा सिंहदरबार भनिएतापनि वास्तविक रुपमा गाउँ गाउँमा छाडा सिँहहरु आएको नेपाल पत्रकार महासंघ बर्दिया अध्यक्ष राजेन्द"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

गाउँ गाउँमा छाडा सिँह !

२०७५, ३ असार आईतवार ११:१६

सास । असार ३, बर्दिया ।

मुलुक नयाँ संरचनामा प्रवेश गरेपश्चात संघ, प्रदेश र स्थानीय सरकार बनिसकेपछी गाउँ गाउँमा सिंहदरबार भनिएतापनि वास्तविक रुपमा गाउँ गाउँमा छाडा सिँहहरु आएको नेपाल पत्रकार महासंघ बर्दिया अध्यक्ष राजेन्द्र प्रसाद धितालले बताउनुभएको छ ।


नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको सहयोग तथा राष्ट्रिय सूचना आयोगको सहकार्यमा नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति बर्दियाले ‘सूचनाको हक संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ आज सदरमुकाम गुलरियामा आयोजना गरेको सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलन सम्बन्धी एक दिने गोष्ठीमा बोल्नुहुँदै उपरोक्त कुरा बताउनुभएको हो । 

वहाँले जनप्रतिनिधीहरुको स्थानीय सरकार निर्माण भएतापनि कसैलाई पनि सूचनाको दूरुपयोग गर्ने अधिकार छुट नभएको र स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमहरुका सबै सञ्चारकर्मीहरुलाई हेर्ने नजर समान हुनुपर्ने तथा कसैलाई पनि सूचनाको हकबाट बञ्चित गराउन नहुने बताउनुभएको हो ।

प्रमुख अतिथिका रुपमा रहनुभएका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले उद्घाटन गरेपश्चात शुरु भएको कार्यक्रममा वहाँले कार्यक्रमबाट आएका विषयवस्तुहरुलाई अभिलेखीकरण गरेर जिल्ला प्रशासन कार्यालयमा पु¥याउन अनुरोध गर्दै व्यस्तताका कारण बाहिरिनुभएपछि कार्यक्रम स्थलमा उपस्थित सञ्चारकर्मीहरुले सूचनाको हक र आफूले सूचना प्राप्त गर्नका लागि विभिन्न सरकारी तथा अन्य सम्बद्ध निकायहरुसँग् सूचना माग्न जाँदा झेल्नु परेका समस्याहरुका बारेमा राखेका थिए ।

नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष विनयराज भण्डारी, प्रेस सेन्टर बर्दिया अध्यक्ष मेनका चौधरी र प्रेस चौतारी बर्दियाका अध्यक्ष डिल प्रकाश गौतमले आ–आफ्ना भनाइहरु राख्नुहुँदै यस प्रकारको कार्यक्रममा पत्रकाहरु मात्रै नभएर सके सबै आठ ओटा निकायहरुबाट प्रतिनिधीहरु नभएपनि गुलरिया नगरपालिकाका स्थानीय जनप्रतनिधीहरुको पनि सहभागिता गराउनु पर्नेमा सुझाव दिनुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा रहनुभएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले प्रहरीबाट नियमानुसार सूचनाहरु उपलब्ध गराइएको व्यक्त गर्नुहुँदै उपलब्ध सूचनाहरु समाजमा प्रवाह गर्नका लागि पत्रकारले खेलेका भूमिकाको सह्राना गर्नुभयो । साथै आगामी दिनमा पनि पत्रकारहरुलाई जायज सूचना उपलब्ध गराउनका लागि आफू र आफ्नो संस्था हरदम तयार रहेको बताउनुभयो ।  

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहँदै नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष यादव आचार्यले यो कार्यक्रम पत्रकार महासंघको नियमित कार्यक्रम भएको र यसपाली अलि ढिलो गरी जानकारी प्राप्त भएकोले पर्याप्त तयारी गर्न नसकिएको बताउनुहुँदै सूचना संकलनका क्रममा पत्रकार साथीहरुलाई परेको समस्यालाइ सामुहिक रुपमा हल गर्नका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा आशावादी हुनुभएको थियो । 

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण जिल्ला सचिव भावुक योगीले गर्नुभएको थियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते