२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विभिन्न माग राख्दै बझाङ कारागारका कैदीबन्दी आन्दोलित

२०७५, ३ असार आईतवार १६:०३

टेकेन्द्र बोहरा | असार ३, बझाङ | जिल्ला कारागार बझाङका कैदीबन्दीहरु आन्दोलित भएका छन् ।

आफूहरुले जिल्ला कारागारमा थुप्रै समस्या भोगेको भन्दै उनीहरुले पकाएको खाना नै खान छोडी नाराबाजीसहित जिल्ला कारागारभित्रै आन्दोलन गरेका हुन् । 

कैदिवन्धीहरुको आन्दोनलको मुख्य विषयहरु शुद्ध खानेपानी, चर्पी, ढल निकास, स्वास्थ्य, सरसफाई र सूचनापाटी रहेका छन  ।

कारागारमा शुद्ध पिउने पानीको सट्टा खाने पानीका धाराबाट फोहोर र धमीलो पानी आउने गरेको उनीहरुको भनाई छ । 

कहिले भातका सिता, कहीले धमीलो पानी र कहीले खच्चर, पशुचौपायाको दिसा पिसाब खानेपानीका धारामा आउने गरको उनीहरुको गुनासो रहेको छ ।

यस बिषयमा सरोकारवानी निकाय संग पटक पटक आग्रह गर्दा समेत सुनुवाई नै नभएका कारण आफुहरुले आन्दोलन गर्नु परेको बताए । जिल्ला प्रशासन कार्यालयले  २ वर्ष यता अनुगमन तथा निरीक्षण समेत नगरेको उनीहरुको भनाई रहेको छ । 

८ जना थुनुवा र ४६ जना कैदी गरी अहिले जम्मा ५४ जना कैदीबन्दीहरु रहेका छन् । २५ कैदीबन्दी राख्ने क्षमता भएको जिल्ला कारागार बझाङमा क्षमताभन्दा दोब्बर भन्दा बढी कैदीबन्दीहरु रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते