पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छै"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको बिहादी गाउँपालिकाको २३ लाख सामाजिक सुरक्षा भत्ता हरायो

२०७५, ४ असार सोमबार ०२:२७

पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छैन।

गाउँपालिकाले वितरण गर्ने सामाजिक सुरक्षाको रकम लिन शुक्रबार विहादी गाउँपालिकाका लेखा अधिकृत गोबिन्द भट्टराई, वडा नम्बर २ बर्राचौरका सचिव लिलाधर पराजुली, वडा नम्बर ४ वहाकीका वडा सचिव ईश्वरी न्यौपाने, वडा नम्बर ५ उरामका वडा सचिव कृष्ण भुसाल र वडा नम्बर ६ शालिग्रामका वडा सचिव सुनकुमारी भट्टराईले गाडी रिजर्भ नै गरेर गएका थिए। उनीहरुले बैँकबाट रकम झिकेपछि चारैजना कुश्माकै फ्रेण्डली होटेलमा बास बसेका थिए।

शनिबार कुश्माबाट गाउँपालिका हिँडेका उनीहरुले पोखराको होटेलमा खाना खाए। रिजर्भ गाडी भएको हुनाले उनीहरुले रकमतर्फ भने ध्यान दिएनन्। पोखरा खाना खाएपछि उनीहरु स्याङजाको बाटो हुँदै पर्वत फर्किए।

स्याङजाको बयरघारीमा पुग्दा रिजर्भ गरेको गाडी बिग्रियो। गाडी बिग्रिएपछि बल्ल सचिवहरुले झोलातर्फ ध्यान दिए। छुट्टाछुट्टै झोलामा छुट्टाछुट्टै वडाको रकम राखेतापनि त्यहाँ वडा नं. ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदान राखिएको झोला भने गायब थियो।

विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालका अनुसार झोला गायब भएपछि सचिवहरुले उनलाई सम्पूर्ण घटनाबारे जानकारी गराएका थिए।

रकम हराएपछि भने सचिवहरुले गाउँपालिकाका कार्यकारी अधिकृत दिनेश भुसाल र आफुलाई फोनमार्फत जानकारी गराएको भुसालले बताए।

‘रिजर्भ गाडी भएको र चारैजना सचिवसँगै भएको हुँदा कसैलाई शंका गर्ने वातावरण पनि भएन्, मैले गाडीमा नै कतै परेको हुनसक्छ राम्रोसँग खोज्न लगाएँ’ भुसालले भने, ‘तर, लाखौँ रकम हराएको निश्चित भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन भनेको हुँ।’

रकम हराएपछि कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए। सबै कर्मचारीहरु प्रहरीको शरणमा आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरीक्षक दिलिप रेग्मीले सामान्य सोधपुछ मात्र गरिएको बताए । उनले भने, ‘रकम हराएको जानकारी पाएपछि सम्भावित ठाउँमा खोजवीन गरेका छौँ, कर्मचारीहरुसँग पनि सोधपुछ गरिएको छ ।’ दोषी पत्ता नलागेसम्म कारवाहीको प्रक्रिया अगाडि बढाउन नमिल्ने उनले जनाए ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लिराम शर्माका अनुसार प्रशासनमा रकम हराएको बारे जानकारी आएको र अनुसन्धान प्रक्रिया अगाडि बढाईएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार