२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१९ वर्षपछि जग्गाको संरक्षण

४ असार २०७५, सोमबार १२:५०

असार ४, अर्घाखाँची | राष्ट्रिय वाणिज्य वैंक सन्धिखर्क शाखाले ०५६ सालमा आफ्नो स्वामित्वमा आएको जग्गालाई १९ वर्ष पछि संरक्षण गरेको छ ।  जिल्ला वन कार्यालय सँगै जोडिएको बाटो छेउको जग्गा वैंकको हो भन्ने धेरैलाई जानकारी समेत थिएन । वैंकको तिन ओटा कित्तामा रहेको १३ आना जग्गाको केहि क्षेत्रफल बाटोले काटिदिएको छ । जग्गालाई फलामका किला र सरिया लगाएर घेरेर राखिएको छ । वैंकले आफ्नो जग्गामा वोर्ड समेत खडा गर्ने जनाएको छ । 

 वैंकले आफ्नो जग्गा समयमै संरक्षण गरेर राख्नु पर्ने भएपनि वर्षौंपछि जग्गाको संरक्षण गरेको हो । वैंकका हालका शाखा प्रमुख गोपाल न्यौपानेले जग्गाको खोजिनिधि गरेका हुन । न्यौपानले वैंकको जग्गा बेवारिसे भएको थाहा पाउना साथ आफू संरक्षण लागेको बताए । ‘ ‘भाडाको घरमा बसेर काम गर्दा निकै समस्या भएको छ’ उनले भने,  ‘आफ्नै जग्गामा घर बनाउन पायौं भने ठूलो राहत मिल्ने थियो ।’ उनले वैंकको जग्गामा वन कार्यालयले वाल र मन्दिर निर्माण गरेको बताए ।


‘वन कार्यालयले प्रयोग गरेको वैंकको जग्गा सहज ढंगले छाडिदिनुपर्छ’ उनले भने । ‘म अब भवन निर्माणको पहलमा  लाग्ने छु’ उनले थपे ‘मेरो कार्यकालमा सन्धिखर्क शाखालाई साच्चै नै उत्कृष्ट बनाउँछु ।’  शाखा प्रमुख भएर आएको दुइ महिना मै उनले वैंकको व्यवस्थापनको पक्षलाई पनि धेरै सुधारेका छन् । अहिले वाणिज्य वैंकमा सेवाग्राहीले छिटो सेवा पाउन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा