असार ५, दाङ | राप्ती अञ्चल अस्पताल तुलसीपुरमा शुरु भएको मिर्गौला रोगीका लागि डाइलोसिस सेवा प्रभावकारी हुन सकेको छैन । उपकरण र जनशक्तिको अभावका कारण सेवा प्रवाहमा कठिनाइ भएको अस्पतालले जनाएको छ ।

दुई महिनाअघि दुईवटा उपकरण जडान गरी सेवा शुरु गरिएको सो अस्पतालमा डाइलोसिस सेवा लिने बिरामीको चाप भने अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ ।

हाल जडान गरेको उपकरणबाट छजना बिरामीलाई मात्र सेवा दिन सकिने भएकाले मिर्गौला रोगीले अन्य स्थानमा गएर सेवा लिन बाध्य भएका छन् । अस्पतालका निमित्त मेसु डा विनोद सिंहले मेशिनको उपकरण र चिकित्सक अभावका कारण सोचेअनुरुप सेवा दिन नसकेको बताउनुभयो ।

उहाँले हप्तामा दुईपटक एकजनालाई सेवा दिने गरेको जानकारी दिनुभयो । ‘‘हामीहरुसँग दुईवटा मात्र उपकरण छन् । डाइलोसिस सेवाका लागि प्राप्त जनशक्ति र उपकरण अभावले सबैलाई सेवा दिन सकेका छैनौँ”, डा सिंहले राससलाई भन्नुभयो, ‘‘अर्को उपकरण र जनशक्ति भएमा सेवा प्रवाहमा सहज हुन्छ ।”

हाल एकजना फिजिसियन डाक्टर, दुईजना स्टाप नर्स र कार्यालय सहयोगीबाट सेवा सञ्चालन भइरहेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले पनि उपकरणको अभाव र जनशक्ति नहुँदा सेवा प्रवाहमा कठिनाइ भएकाले मन्त्रालय तथा स्थानीय तहसँग पहल भइरहेको बताउनुभयो ।

“कसरी अस्पतालको विकास गर्न सकिन्छ र धेरै विशेषज्ञ सेवा दिन सकिन्छ भन्नेमा हामीहरुले पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । त्यस्तै अस्पतालले शुरु गर्ने भनेको सघन उपचार कक्ष (आइसियु) सेवा पनि शुरु हुन सकेको छैन । अस्पतालमा तीन वर्ष पहिले नै आइसियु सेवा सञ्चालनका लागि ल्याएका उपकरण सहितका औजारमा पनि खिया लाग्न थालेका छन् ।

‘‘आइसियु सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार भएपनि जनशक्ति अभाव छ त्यसैले सेवा शुरु गर्न सकिएको छैन”, अध्यक्ष देवकोटाले भन्नुभयो ।

तेह्रजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल चारजना मात्र चिकित्सक छन् । अस्पतालमा पाँचजना मेडिकल अधिकृत रहेको र एकजना बिदामा रहेको बताएको छ ।

एक वर्षदेखि मेसुविहीन

उक्त अस्पताल एक वर्षदेखि मडिकल सुपरिटेण्डेन्टविहीन छ । एक वर्ष पहिले यहाँका मेसु सरुवा भएर गएपछि मन्त्रालयले हालसम्म पनि मेसु पठाएको छैन । हाल कामकाजका लागि अस्पतालमा रहेका स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहलाई निमित्त मेसुको जिम्मा दिए पनि एक वर्षदेखि अञ्ंचल अस्पताल मेसुविहीन भएको हो । रासस

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबिचित्र संसारबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML