२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा सुरक्षित गर्भपतन गराउने महिला बढे

६ असार २०७५, बुधबार ०६:२४

नन्द बहादुर रोकाया/असार ६, मुगु | मुगुमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । ६ महिनामाको अन्तरालमा  मुगु जिल्लामा १ सय ३० जनाले सुरक्षित गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यलय मुगले जनाएको छ ।

मुगु जिल्ला अस्पतालसहित जिल्लाको रातापानी स्वास्थ्य चौकि, श्रीकोट स्वास्थ्य चौकि, जिमा स्वास्थ्य चौकि  र पुलु स्वास्थ्य चौकि गरी ५ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा सञ्चालन भईरहेको  छ । ६ महिनाको अवधिमा १३० जनाले सुरीक्षत गर्भपतन सेवा लिईएका आईपास नेपालका कार्यक्रम संयोजक लोक बहादुर बिश्व कर्माले बताउनु भयो  । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयबाहेक मेरीस्टोप्स सेन्टर, नेपाल परिवार नियोजन सङ्घले पनि सुरक्षित गर्भपतन सेवा प्रवाह गरिरहेका  भएपनी त्यस्ता सेवा मुगुमा छैनन्  । तर पनी मुगुमा असुरक्षित गर्भपतन गराउनु हुदैन, सुरक्षित गर्भपतन गराउनुपर्छ, असुरक्षित गर्भपतनले कतिपय अवस्थामा महिलाको ज्यानै समेत जाने जानकारी पाएसंगै मुगुका महिला सुरक्षित गर्भपतन गराउन जिल्लामा तोकिएका स्वास्थ्य संस्थामा आई सुरक्षित गर्भपतन गराउने गरेका बिश्व कर्माको भनाई छ । 

९ हप्तासम्मको गर्भलाई स्वास्थ्य संस्था मार्फत तालिम प्राप्त स्वास्थ्य कर्मिले औषिधि मार्फत गर्भपतन गराउने गरेका छन । १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था रहेको अधिवत्ता नविन कुमार श्रेष्ठले बताए । पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन भएकोले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउनेको सङ्ख्या बढेको अधिवत्ता श्रेष्ठले बताए  । कार्यक्रम आईपास नेपालको सहयोग तथा  सिडिएस पार्क र केपिडिपिको आयोजनामा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य