२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५ सयभन्दा बढी घर प्रभावित

७ असार २०७५, बिहीबार १०:०२

असार ७, खोटाङ | लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । 

नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् । 

साविकको पाथेका गाविसस्थित सबै वडामा विस्तार गरिएको ६० किलोवाट क्षमताको विद्युत्का लागि निर्माण गरिएको फोर वे नजिकै पहिरो जाँदा २५ मिटर लम्बाइको कुलो भत्काएको उपभोक्ता समितिले जनाएको छ । 

वैकल्पिक ऊर्जा, स्थानीय तथा तत्कालीन स्थानीय निकायको संयुक्त पहलमा निर्माण सम्पन्न गरी ५४१ घरधुरीले लाभ लिइरहेको हाइड्रोपावरको कुलो भत्कँदा रु १५ लाख बराबरको क्षति भएको छ । 

पहिरोका कारण कुलो भत्केपछि उक्त वडाका सम्पूर्ण विद्यालयमा सञ्चालन गरिएको कम्प्युटर कक्षा, अन्य कार्यालय सञ्चालन, कुटानी पिसानी मिल, सहकारीको कारोबारलगायतको कार्य प्रभावित बनेको निर्माण उपभोक्ता समितिका सचिव शहरमान राईले बताउनुभयो । 

विद्युत् अवरुद्ध भएपछि बेलुकी अन्धकारमा बस्न बाध्य हुनुका साथै स्थानीयबासिन्दा मोबाइल फोन चार्ज गर्न नपाउँदा सूचना तथा सञ्चारबाट वञ्चित बनेका छन् । 

आयोजनालाई पुनःमर्मत गर्न आर्थिक समस्या भएको निर्माण उपभोक्ता समितिको अध्यक्ष अग्निप्रसाद राईले बताउनुभयो । आर्थिक व्यवस्था भए पनि विद्युत् सञ्चालन हुन करीब एक महिना लाग्ने राईले सुनाउनुभयो । 

उक्त हाइड्रोपावरमा विसं २०७२ मा गएको भूकम्पले करीब रु २१ लाख बराबरको क्षति पुर्याएको थियो । जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाउँ तथा नगरपालिकामा आफ्नै लगानीमा हाइड्रोपावर सञ्चालन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो