२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवल उपमहानगरपालिकाको आधुनिक भवन बन्दै

८ असार २०७५, शुक्रबार १०:३७

युवराज पाण्डे/असार ८, बुटवल | बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गर्ने भएको छ । 

करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण हुने सो भवनमा प्रमुख प्रशासनिकसहित अरु छ वटा ब्लक रहनेछ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माण हुन लागेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसीले बताउनुभयो । 

बेसमेनसहित चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत रु ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको छ । 

तर निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रु ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा आगामी २०७८ असारमा सक्ने गरी असार ६ गते बुधबार ठेक्का सम्झौता गरेको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो । 

उक्त भवनमा रहेको अन्डरग्राउण्डमा १०६ वटा मोटरसाइकल, ३५ वटा कारलाई पार्किङ गर्न मिल्नेछ । यसका अतिरिक्त बाहिरी पार्किङ छुट्टै छ । भवनमा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटै सिँढी रहने इन्जिनियर गौतम रौनियारले जानकारी दिनुभयो । 

पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले आज उक्त भवनको शिलान्यास गर्नुभयो । 

सो अवसरमा उहाँले बुटवलको बुद्धकालीन सभ्यता र ऐतिहासिक महत्वलाई झल्काउने गरी काम गर्न जरुरी रहेको बताउँदै भवनको निर्माण कार्य समयमै सक्न आग्रह गर्नुभयो । 

निर्माण कार्यमा नागरिकको निगरानी र खबरदारी जरुरी रहेको बताउँदै उहाँले संविधानले दिएको अधिकारको प्रयोग गरेर नागरिकसँगको छलफलमा योजना बनाउन सुझाव दिनुभयो । 

नेता पौडेलले तीन तहको सरकारको प्रयासमा विकासको लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै विकासका लागि सबैको सोचमा एकरुपता कायम हुनुपर्छ भन्नुभयो । 

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सुन्दर बुटवल, समृद्ध बुटवल, सुखी बुटवलवासीको संकल्पअनुसार आवधिक र दीर्घकालीन महत्वका काममा उपमहानगरपालिका केन्द्रित रहेको उल्लेख गर्दै बुटवलको विकासमा सबैसँग हातेमालो गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य लीला गिरी, नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद वामदेव क्षेत्री, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवराज गिरीलगायतले तोकेको समयमा नै निर्माणकार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । 

विसं २०१६ मा स्थापना भएको बुटवलको हालको मूल भवन भने २०३५ सालमा निर्माण भएको हो । यो मूल भवनसहितका कार्यालय भवन प्रायः जीर्ण र गएको भूकम्पले चर्किएको अवस्थामा छन् । 

प्रजातान्त्रिक आन्दोलनका अगुवालाई सम्मान 

यसैबीच प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरे वापत बुटवल उपमहानगरपालिकाले यहाँका तीनजना नागरिक अगुवालाई सम्मान गरेको छ । 

सम्मानित हुनेमा टीकाराम घिमिरे, रामप्रसाद न्यौपाने र राधा घिमिरे पौडेल रहेका छन् । उनीहरुलाई जनही रु ५१ हजार नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो । 

सम्मानित हुने घिमिरे प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुटवलका ज्येष्ठ नागरिक तथा कम्युनिष्ट अगुवा हुनुहुन्छ । यस्तै न्यौपाने पनि प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा पुराना काँग्रेसका नेता हुनुहुन्छ । त्यस्तै राधा पौडेल पनि विभिन्न राजनीतिक आन्दोलनका सक्रिय नेत्री हुनुहुन्छ । उहाँ हाल अर्बुद रोगबाट ग्रसित हुनुहुन्छ । 

ज्येष्ठ नागरिकको योगदानबाटै बुटवलको समृद्धिको अभियान सफल हुने प्रमुख सुवेदीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ? चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै पटक-पटक अपमानित हुनुपरेको भन्दै कैलालीमा ४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले