सास । असार ९, बर्दिया ।

राज्यको नयाँ संरचना र कानूनी व्यवस्था अनुसार नगरपालिकामा उपमेयर तथा गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिको जिम्मेवारी संहालेदेखि नै आँखा रसाएको गुलरिया नगरपालिकाकी उपमेयर शुशिला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार ९, बर्दिया ।

राज्यको नयाँ संरचना र कानूनी व्यवस्था अनुसार नगरपालिकामा उपमेयर तथा गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिको जिम्मेवारी संहालेदेखि नै आँखा रसाएको गुलरिया नगरपालिकाकी उपमेयर शुशिला"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

उपमेयरका आँखामा आँशु !

९ असार २०७५, शनिबार ०५:३५

सास । असार ९, बर्दिया ।

राज्यको नयाँ संरचना र कानूनी व्यवस्था अनुसार नगरपालिकामा उपमेयर तथा गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिको जिम्मेवारी संहालेदेखि नै आँखा रसाएको गुलरिया नगरपालिकाकी उपमेयर शुशिला गिरीले बताउनुभएको छ ।

गल्र्स नट ब्रिड्स नेपाल, सिविन नेपाल र एम्प्लिफाइ चेन्जिङको आयोजनामा आयोजित बाल बिबाह अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रममा यो कुरा बताउनुभएको हो । सानै उमेरमा बिबाह बन्धनमा बाँधिनु नै घरेलु हिंसाको मूल कारण भएको र यसैबाट नै विभिन्न सामाजिक समस्याहरु सिर्जना हुने गरेका वहाँले बताउनुभयो । पछिल्लो समय वैदेशिक रोजगारी तथा बालबिबाहका कारण खासगरी मधेशी समुदायमा यस प्रकारका हिंसात्मक समस्याहरु रहेको र नगरपालिकामा दिनहूँ आउने मुद्धाहरुले आफू निकै दुःखी भएको बताउनुभयो । 

साथै यसरी घरमा लुकाएर राखेका अनेकन समस्याहरु जेठाजु, जेठानी, सासू, ससूरा लगायत घरपरिवारका अन्य सदस्यहरुले सार्वजनिक नगर्न परिवारकै सदस्यलाई दबाव दिने गरेको विभिन्न उदाहरणहरु उपमेयर गिरीले प्रस्तुत गर्नुभएको थियो । 

यस्ता समस्याहरु अन्त्यका लागि नगरपालिकाको नगरसभाबाट नै विशेष निर्णयहरु गर्न आफूले प्रस्ताव लैजाने बताउनुभयो । दाइजो प्रथा, बालबिबाह जस्ता समस्याहरु कानूनी रुपमा अपराध हुन् तरपनि गुपचुप रुपमा यस प्रकारका घटनाहरु हाम्रै वरिपरी भईरहेको वहाँले बताउनुभयो । त्यसैले आफूलाई निम्तो आएपनि भागी विवाह गरेर पछि बैबाहिक कार्यक्रमको आयोजना गरिएको निमन्त्रणामा आफू नजाने गरेको र बाल बिबाह हो भने पनि नजाने गरेको बतााउनुभयो । साथै वहाँले अब जनप्रतिनिधीहरुमा गोडधुवाइ दिँदा पनि प्रतिस्पर्धा हुने गरेकोले यसको न्यूनतम अनिवार्य मापदण्ड तोक्नका लगि नगर सभामा प्रस्ताव लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  

विद्यालयमा पनि बाल बिबाह अन्त्यका लागि बालिकाहरुकै महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै अस्वभाविक पहिरनमा विद्यालयमा अध्ययन गर्न नजानको लागि आग्रह गर्नुहुँदै वहाँले राज्यबाट पोशाक भत्ता लिएर पनि पोशाक नलगाउने शिक्षकको पोशाक भत्ता कट्टी गरिने प्रस्ताव नगर सभाबाट पारित गर्न आफूले पहल गर्ने बताउनुभयो । उपस्थित बालबालिकाहरुलाई अाफूले पनि अन्तर्जातीय र बाल बिबाह गर्दाका चुनौती तथा २० वर्षकै उमेरमा २ सन्तानकी अामा बन्नु पर्दा अाँफू र सन्तानले राम्रोसँग स्याहार सुसार पाउन नसकेको बताउनुहुँदै अहिले अाएर ठूलो पछुतो लागेको बताउनुभयाे ।  

गुलरिया स्थित श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा करीब ४ दर्जन बालबालिकाहरुको सहभागिता रहेको थियो । 

बाल बिबाह र यससँग जोडिएका विभिन्न प्रसङ्गहरुमाथी सहभागी बालबालिकाहरुले आ–आफ्नो जिज्ञासा राखेका थिए । 

शनिबार विद्यालय बन्द रहने भएकोले र विद्यालयमा अग्रीम जानकारी नभएका कारण विद्यालय, शिक्षक तथा बाल क्लबको पहलमा विद्यार्थीहरुको सहभागिता गराइएको थियो । यसरी बालबालिकाहरु उपस्थित गराएर गरिएको बालबालिका लक्षित कार्यक्रमको मंचमा ठूलाबडा मात्रै गमम्क परेर बसेका थिए । 

कार्यक्रममा उठेका विभिन्न जिज्ञासाहरुको उत्तर जिल्ला समन्वय समिति तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधीहरुले दिएका थिए भने सिविनका क्षेत्रीय संयोजक सिद्धराज पनेरु, नेपाल रेडक्रसका रुपन ज्ञवाली, विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाको समेत उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै