सास । असार ९, बर्दिया ।

राज्यको नयाँ संरचना र कानूनी व्यवस्था अनुसार नगरपालिकामा उपमेयर तथा गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिको जिम्मेवारी संहालेदेखि नै आँखा रसाएको गुलरिया नगरपालिकाकी उपमेयर शुशिला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार ९, बर्दिया ।

राज्यको नयाँ संरचना र कानूनी व्यवस्था अनुसार नगरपालिकामा उपमेयर तथा गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिको जिम्मेवारी संहालेदेखि नै आँखा रसाएको गुलरिया नगरपालिकाकी उपमेयर शुशिला"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

उपमेयरका आँखामा आँशु !

२०७५, ९ असार शनिबार ०५:३५

सास । असार ९, बर्दिया ।

राज्यको नयाँ संरचना र कानूनी व्यवस्था अनुसार नगरपालिकामा उपमेयर तथा गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिको जिम्मेवारी संहालेदेखि नै आँखा रसाएको गुलरिया नगरपालिकाकी उपमेयर शुशिला गिरीले बताउनुभएको छ ।

गल्र्स नट ब्रिड्स नेपाल, सिविन नेपाल र एम्प्लिफाइ चेन्जिङको आयोजनामा आयोजित बाल बिबाह अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रममा यो कुरा बताउनुभएको हो । सानै उमेरमा बिबाह बन्धनमा बाँधिनु नै घरेलु हिंसाको मूल कारण भएको र यसैबाट नै विभिन्न सामाजिक समस्याहरु सिर्जना हुने गरेका वहाँले बताउनुभयो । पछिल्लो समय वैदेशिक रोजगारी तथा बालबिबाहका कारण खासगरी मधेशी समुदायमा यस प्रकारका हिंसात्मक समस्याहरु रहेको र नगरपालिकामा दिनहूँ आउने मुद्धाहरुले आफू निकै दुःखी भएको बताउनुभयो । 

साथै यसरी घरमा लुकाएर राखेका अनेकन समस्याहरु जेठाजु, जेठानी, सासू, ससूरा लगायत घरपरिवारका अन्य सदस्यहरुले सार्वजनिक नगर्न परिवारकै सदस्यलाई दबाव दिने गरेको विभिन्न उदाहरणहरु उपमेयर गिरीले प्रस्तुत गर्नुभएको थियो । 

यस्ता समस्याहरु अन्त्यका लागि नगरपालिकाको नगरसभाबाट नै विशेष निर्णयहरु गर्न आफूले प्रस्ताव लैजाने बताउनुभयो । दाइजो प्रथा, बालबिबाह जस्ता समस्याहरु कानूनी रुपमा अपराध हुन् तरपनि गुपचुप रुपमा यस प्रकारका घटनाहरु हाम्रै वरिपरी भईरहेको वहाँले बताउनुभयो । त्यसैले आफूलाई निम्तो आएपनि भागी विवाह गरेर पछि बैबाहिक कार्यक्रमको आयोजना गरिएको निमन्त्रणामा आफू नजाने गरेको र बाल बिबाह हो भने पनि नजाने गरेको बतााउनुभयो । साथै वहाँले अब जनप्रतिनिधीहरुमा गोडधुवाइ दिँदा पनि प्रतिस्पर्धा हुने गरेकोले यसको न्यूनतम अनिवार्य मापदण्ड तोक्नका लगि नगर सभामा प्रस्ताव लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  

विद्यालयमा पनि बाल बिबाह अन्त्यका लागि बालिकाहरुकै महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै अस्वभाविक पहिरनमा विद्यालयमा अध्ययन गर्न नजानको लागि आग्रह गर्नुहुँदै वहाँले राज्यबाट पोशाक भत्ता लिएर पनि पोशाक नलगाउने शिक्षकको पोशाक भत्ता कट्टी गरिने प्रस्ताव नगर सभाबाट पारित गर्न आफूले पहल गर्ने बताउनुभयो । उपस्थित बालबालिकाहरुलाई अाफूले पनि अन्तर्जातीय र बाल बिबाह गर्दाका चुनौती तथा २० वर्षकै उमेरमा २ सन्तानकी अामा बन्नु पर्दा अाँफू र सन्तानले राम्रोसँग स्याहार सुसार पाउन नसकेको बताउनुहुँदै अहिले अाएर ठूलो पछुतो लागेको बताउनुभयाे ।  

गुलरिया स्थित श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा करीब ४ दर्जन बालबालिकाहरुको सहभागिता रहेको थियो । 

बाल बिबाह र यससँग जोडिएका विभिन्न प्रसङ्गहरुमाथी सहभागी बालबालिकाहरुले आ–आफ्नो जिज्ञासा राखेका थिए । 

शनिबार विद्यालय बन्द रहने भएकोले र विद्यालयमा अग्रीम जानकारी नभएका कारण विद्यालय, शिक्षक तथा बाल क्लबको पहलमा विद्यार्थीहरुको सहभागिता गराइएको थियो । यसरी बालबालिकाहरु उपस्थित गराएर गरिएको बालबालिका लक्षित कार्यक्रमको मंचमा ठूलाबडा मात्रै गमम्क परेर बसेका थिए । 

कार्यक्रममा उठेका विभिन्न जिज्ञासाहरुको उत्तर जिल्ला समन्वय समिति तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधीहरुले दिएका थिए भने सिविनका क्षेत्रीय संयोजक सिद्धराज पनेरु, नेपाल रेडक्रसका रुपन ज्ञवाली, विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाको समेत उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते