२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

निर्माधीन नमूना वडा कार्यालयको अनुगमन

२०७५, ९ असार शनिबार १८:१३

असार ९, कालिकोट | तिलागुफा नगरपालिका वडा नं. ६ जुविथामा जिल्लाकै नमुना वडा कार्यलय निर्माण कार्य शुरु गरिएको छ । ग्रामीण पुननिर्माण संस्थाद्धारा जिल्लामा सञ्चालित सामुदायिक विकास कार्यक्रमको एक करोड ६८ लाख र पाँच लाख तिलागुफा नगरपालिकाको लगानीमा नमुना वडा कार्यालय निर्माण कार्य शुरु गरिएको छ ।

शनिबार जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाही, निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाल, तिलागुफा नगरपालिकाका उप प्रमुख दर्शना नेपाली, जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहोरा, गैरसरकारी संस्था माहासंघ कालिकोटका अध्यक्ष वीरेन्द्र  बुढा, जिल्लाका अन्य सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजका अगुवाहरुले निर्माणाधिन नमुना वडा कार्यालयको संयुक्त अनुगमन गरेका छन् ।

सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक लिला न्यौपानेले सामुदायिक विकास कार्यक्रम लागु भएका कर्णाली प्रदेशका तीन वटा जिल्ला कालिकोट, जुम्ला र जाजरकोटमा निर्माण गर्न लागिएका नमुना वडा कार्यालय अन्तर्गत कालिकोटकोे तिलागुफामा नमुनना वडा कार्यालय निर्माण गर्न थालिएको बताए ।

उनले वडा कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवाहरुलाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको उक्त नमुना वडा कार्यालय आगामी साउन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

भुकम्प प्रतिरोधि, ढाई तले, सभा हल सहितको ११ कोठे भवन नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार निर्माण गरिने उक्त वडा कार्यालय जिल्लाकै नमुना बन्ने उनको दावी छ । कर्णाली राजमार्गसँग जोडिएको तिलागुफा नगरपालिकाको जुविथा गाल्जेमा निर्माणाधीन उक्त नमुना वडा कार्यालय आरकेटेक्टर डिजाईनमा निर्माण गर्न लागिएको जनाइएको छ

निर्माणाधीन वडा कार्यालयको अनुगमन पछि जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले तिलागुफा नगरपालिकाको वडा नं. ६ मा निर्माणाधिन रहेको नमुना वडा कार्यलय निर्माणको अवस्था सन्तोजनक रहेको बताए । उनले अनुगमनका क्रममा भवन निर्माण आचारसंहिताको पुर्ण पालना भएको जिल्लाकै पहिलो र नमुना भवन बन्ने बताए ।

तिलागुफा नगरपालिका उप प्रमुख दर्शना नेपालीले आफुहरुले नगरपालिकाको भौतिक संरचना विकासका लागि पहल गरिरहेको बताउँदै सामुदायिक विकास कार्यक्रमले वडा नं. ६ मा नमुना वडा कार्यालय निर्माणका लागि बजेटको व्यवस्था गरेर ठुलो सहयोग गरेको बताईन् । नगरका अधिकांश वडाहरुमा भौतिक संरचनाको अभावमा सेवा प्रबाह गर्नका लागि समस्या भोगीरहेको उनको भनाई छ ।

तिलागुफा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धर्मराज शाहीले कालिकोट जिल्लाका कुनै पनि वडाहरुमा आफ्नै भवन निर्माण गर्ने कार्यको थालनी नभईरहेका बेला आफ्नो वडामा नमुना भवन निर्माणको काम सुरु हुँदा सेवा प्रवाहमा समेत उत्साह जागेको बताए । उनले उक्त वडा कार्यालय बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री र पार्किङ सुविधासहितको हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने