२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सूचना प्रविधि अध्ययनमा छात्रवृत्ति

२०७५, १० असार आईतवार ०८:२३

असार १०, विराटनगर | कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले सूचना प्रविधि अध्ययनका लागि यस वर्षका लागि रु एक करोड ८३ लाखबराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । 

सूचना प्रविधिको विस्तार ग्रामीण क्षेत्रमा पुगोस् भन्ने उद्देश्यले गरीब तथा जेहन्दार विद्यार्थीलाई क्यान नेशनल आइसिटी स्कलरसिप–२०७५ प्रदान गर्न लागिएको बताइएको छ । 

क्यान तथा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनद्वारा शनिबार साँझ यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा सात प्रदेशबाट सात छात्रालाई छात्रवृत्तिअन्तर्गत काठमाडौँमा रहेको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनमा स्नातक तह अन्तर्गत बिएस्सी आइटी विषयको अध्ययन गराइने छ । 

उक्त छात्रवृत्तिअन्तर्गत फिमेल मेरिट आइसिटी स्कलरसिपबाट चारजना, आइसिटी मेरिट स्कलरसिपबाट तीनजना गरी एक प्रदेशबाट सातजना र सात प्रदेशबाट ४९ जनालाई रु एक करोड ८३ लाख ३६ हजार ५०० बराबरको छात्रवृत्ति उपलब्ध गराइने छ । 

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रीयस्तरको छात्रवृत्ति छनोट समितिसमेत गठन गर्नेछ भने समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अंक, स्थायी ठेगाना, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसलगायतका आधारमा विद्यार्थी छनोट गर्नेछ । 

पत्रकार सम्मेलनमा लर्ड बुद्ध एजुकेशनका पंकज जलानले आगामी वर्ष छात्रवृत्ति विद्यार्थी संख्यामा थप गर्ने बताउनुभयो । 

क्यान महासंघ, प्रदेश नं १ का अध्यक्ष देवकुमार सुब्बा क्यानका जिल्ला संस्थापक अध्यक्ष सन्तोष दाहाल, चन्दन कुण्डलियालगायतले सूचना प्रविधि विषयलाई शिक्षा मन्त्रालयले विद्यालयस्तरीय पाठ्यक्रममा राख्नुपर्ने तथा सूचना प्रविधि विषयको अध्ययनको शुल्क महँगो भएकाले कम गराउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते