२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतबासी जनतालाई सांसद पदम गिरीले यसरी झुक्काएपछि… भिडियो हेर्नुहोस्

११ असार २०७५, सोमबार ०८:३२

पर्वत । प्रतिनिधिसभाका सांसद पदम गिरीले माघमानै बृद्दभत्ता पाँच हजार पुग्ने दाबी सहित चुनावी बेलामा चर्को भाषणा गरेका थिए । उनले हरेक सभामा बृद्धबृद्धा, एकमहिला, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरुलाई लक्षित गरी भोट माग्ने क्रममा पाँच हजार बृद्धभत्ता दिने घोषणा गर्थे ।


पुषमा सरकार बन्ने र माघमा पुरक बजेट आउने र आफूहरुले यहि बर्षदेखि पाँच हजार बृद्धभत्ता दिने दाबी गरेका सांसद पदम गिरीको त्यो भाषण चुनावी मैदानमा मात्रै विकाउ देखिएको छ । उनले बृद्धबृद्धा, अनाथ, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरुको भावनामाथि खेलवाड गरेका छन् ।


अर्थात् ओली सरकारले सामाजिक सुरक्षा भत्ता बृद्धि गरेको छैन । जसका कारण पदम गिरी जिल्लामा आचोलित हुन पुगेका छन् । चुनावको बेलामा घरघरमा पुगेर बृद्धभत्ताको राजनीति गरेर भोट मागेर जितेका गिरीलाई अहिले त्यहि आशा देखाएको प्रश्नले उनको राजनीतिमाथिनै प्रश्न चिन्ह उठाएको छ ।


पहिलो पटक सांसद पदमा उठेका र पहिलो पटकनै पर्वतबासीले पत्याएको भएपनि उनको झुटको राजनीतिका कारण आगामी दिनका निर्वाचनमा उनलाइ भारी पर्ने देखिन्छ । उनको झुटको खेतीको आगामी निर्वाचनमा पर्वत बासीले बदला लिने र सापोनापो बराबर गराउने देखिन्छ ।


सांसद गिरीले पछिल्लो समयमा बृद्धभत्ताको राजनीतिले सिंहदरबार पुर्यापनि जनताको घरमा बृद्धभत्ता पाँच हजार नपुगको गुनासोले सताउन थालेपछि उनले १ लाखको स्वास्थ्य विमा सरकारले ल्याएको भन्दै आफ्नै बोलिबाट पन्छिने गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट