२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा छ महिनामा १७६ वटा घटना

१२ असार २०७५, मंगलवार ०४:४९

असार १२, बर्दिया | ओरेक नेपाल बर्दियाले छ महिनामा भए गरेका जिल्लाका १७६ वटा लैंगिक हिंसासम्बन्धी घटना सार्वजनिक गरेको छ । 

बर्दिया जिल्लामा रहेका विभिन्न गैरसरकारी संघ संस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेका अवस्थामा दुई वर्षदेखि बर्दिया जिल्लामा लैंगिक हिंसाविरुद्ध सक्रियरुपमा काम गर्दै आइरहेका ओरेक नेपाल नामक संस्थाले यस्तो प्रतिवेदन सोमबार सार्वजनिक गरेको हो । 

ओरेक नेपाल बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका पैरवी सञ्जाल परियोजनाअन्तर्गत लैंगिक हिंसा तथा हानिकारक परम्परागत अभ्याससम्बन्धी सञ्चारकर्मीसँग छलफल कार्यक्रममा सो जानकारी दिइएको हो । 

सन् २०१८ जनवरीदेखि जुनसम्मका ती घटना सार्वजनिक भएको हो । घरेलु हिंसामा कुटपिट घरनिकाला बेवास्ता गाली गलौजका १११ वटा घटनामध्ये ८५ वटा घटनामा पुनःस्थापना गरिएको ओरेक नेपाल बर्दियाकी संयोजक शर्मिला निरौलाले बताउनुभयो । 

बर्दिया जिल्लामा छ महिनाको अवधिमा जबर्जस्ती करणीका सात वटा घटना घटेका छन् जसमा बालिका १४ वर्षमुनिको तीन जना, पाँच वर्षमुनिको एक जना महिला दुई जना र ७५ वर्षको एक जना रहेको जनाइएको छ । कतिपय घटना गाउँ समाजमै मिलाउने गरेको, कानूनका बारेमा अनभिज्ञ रहेको एवं आफ्नो घटना खुलाउन नचाहने हुँदा पनि अपराधीले झन् प्रश्रय पाउने गरेको जानकारी दिइयो । 

छ महिनाको अन्तरालमा जिल्लामा १७६ वटा घटना हुनु भनेको निक्कै चिन्ताजनक र गम्भीर समास्याको रुपमा रहेको हुँदा यसमा सबै पक्ष दरिलो भई अपराधीलाई कानूनी दायरामा ल्याई कानूनी सजाय दिन जरुरी रहेकोमा सहभागीले जोड दिएका थिए । 

जिल्ला संयोजक निरौलाले यौन दुव्र्यहारका ११ वटा, वैदेशिक रोजगारीमा बेचबिखनका दुईवटा, वैवाहिक बलात्कार पाँच वटामध्ये एउट दर्ता भएको, बालविवाहका ३६ वटा, सामाजिक सञ्जालमार्फत भएका हिंसा दुईवटा र अवैध गर्भधारणका दुईवटा घटना भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै