2026-09-14 08:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा छ महिनामा १७६ वटा घटना

असार १२, बर्दिया | ओरेक नेपाल बर्दियाले छ महिनामा भए गरेका जिल्लाका १७६ वटा लैंगिक हिंसासम्बन्धी घटना सार्वजनिक गरेको छ । 

बर्दिया जिल्लामा रहेका विभिन्न गैरसरकारी संघ संस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेका अवस्थामा दुई वर्षदेखि बर्दिया जिल्लामा लैंगिक हिंसाविरुद्ध सक्रियरुपमा काम गर्दै आइरहेका ओरेक नेपाल नामक संस्थाले यस्तो प्रतिवेदन सोमबार सार्वजनिक गरेको हो । 

ओरेक नेपाल बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका पैरवी सञ्जाल परियोजनाअन्तर्गत लैंगिक हिंसा तथा हानिकारक परम्परागत अभ्याससम्बन्धी सञ्चारकर्मीसँग छलफल कार्यक्रममा सो जानकारी दिइएको हो । 

सन् २०१८ जनवरीदेखि जुनसम्मका ती घटना सार्वजनिक भएको हो । घरेलु हिंसामा कुटपिट घरनिकाला बेवास्ता गाली गलौजका १११ वटा घटनामध्ये ८५ वटा घटनामा पुनःस्थापना गरिएको ओरेक नेपाल बर्दियाकी संयोजक शर्मिला निरौलाले बताउनुभयो । 

बर्दिया जिल्लामा छ महिनाको अवधिमा जबर्जस्ती करणीका सात वटा घटना घटेका छन् जसमा बालिका १४ वर्षमुनिको तीन जना, पाँच वर्षमुनिको एक जना महिला दुई जना र ७५ वर्षको एक जना रहेको जनाइएको छ । कतिपय घटना गाउँ समाजमै मिलाउने गरेको, कानूनका बारेमा अनभिज्ञ रहेको एवं आफ्नो घटना खुलाउन नचाहने हुँदा पनि अपराधीले झन् प्रश्रय पाउने गरेको जानकारी दिइयो । 

छ महिनाको अन्तरालमा जिल्लामा १७६ वटा घटना हुनु भनेको निक्कै चिन्ताजनक र गम्भीर समास्याको रुपमा रहेको हुँदा यसमा सबै पक्ष दरिलो भई अपराधीलाई कानूनी दायरामा ल्याई कानूनी सजाय दिन जरुरी रहेकोमा सहभागीले जोड दिएका थिए । 

जिल्ला संयोजक निरौलाले यौन दुव्र्यहारका ११ वटा, वैदेशिक रोजगारीमा बेचबिखनका दुईवटा, वैवाहिक बलात्कार पाँच वटामध्ये एउट दर्ता भएको, बालविवाहका ३६ वटा, सामाजिक सञ्जालमार्फत भएका हिंसा दुईवटा र अवैध गर्भधारणका दुईवटा घटना भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले