२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा लागु औषध दुरुपयोग विरुद्धको कार्यक्रममा आज अभिमुखीकरण

२०७५, १२ असार मंगलवार ११:४५

नन्द बहादुर रोकाया/असार १२, मुगु | मुगमा लागु औषध दुरुपयोग तथा अवैध ओसार प्रसार विरुद्धको अन्तराष्टिय दिवसका अबसरमा सताव्यापि कार्यक्रम चलिरहेको छ ।  

आज छैठौ दिन पनि दिबसका अबसरमा लागु औषध दुरुपयोग विरुद्ध अभिमुखीकरण कार्यक्रम गरीएको थियो । 

स्वस्थ, सवल र समृद्धि नेपालको प्रतिवद्धता  लागु औषध विरुद्धको एक्यवद्धता  भन्ने मुल नाराका साथ सताब्यापि कार्यक्रम अन्तरगत आज जिल्ला स्थित सरोकारवाला  निकायसंग अभिमुखिकरण कार्यक्रमको आयोजना गरीएको हो । 

जिल्ला प्रशासन कार्यलय मुगु आयोजना सञ्चालीत  लागु औषध दुरुपयोग तथा ओसार पोसार विरुद्ध अभिमुखीकरणमा जिल्ला स्थित सरकारी कार्यलय गैर सरकारी कार्यलयका प्रमुख एवम प्रतिनिधि लगायत प्रत्रकारको उपस्थित रहेको थियो ।अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले लागु औषध नियन्त्रणमा स्थानीय प्रशासनको भुमीकाको बारेमा जानकारी गराउनु का साथै लागु औषधले समाजमा हुने अपराधिक गतिबिधि, जाँड रक्सी खाएर होहाल्ला गर्ने लगायत महिला हिसां जस्ता अपराधिक क्रियाकलाप हुने भएकाले सचेत रहन सबैमा आग्रह गर्नुभयो ।  

लागु प्रदार्थको ओसार प्रसारमा संलंग्न कसैलाई थाहा पाएमा प्रहरी लाई खबर गर्न पनी प्रमुख जिल्ला अधिकारीले सबैमा अनुरोध गर्नुभयो ।साताब्यापि कार्यक्रम अन्तरगत आईतबार लागुऔषध द्रुब्यसनीका बारे जानकारीसहित लागु औषध द्रुब्यसनीले पार्ने अल्पकालिन असर तथा दिर्घकालिन असरका बारेमा माहाकाली माध्यामि बिद्यालयका बिद्यार्थीहरुलाई प्रहरीले प्रशिक्षण दिएको थियो । 

बिद्यार्थी बालबालिकाहरुले लागु औषध द्रुब्यसन र घरेलु मदिराको बिक्रि बितरणमा समुदायमा सचेतना जोगाउन सक्ने भन्दै बिद्यार्थीलाइ लागु औषध द्रुब्यसन सम्बन्धि प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरिक्षक डेकेन्द्र शर्मा (रेग्मीले)ले बताउनु भयो । मुगुमा लागु औषधका घटनाहरु लुकिछिपी भइरहेकाले त्यसको रोकथाम गर्न जिल्ला प्रहरी कार्यलय मुगु लागी परेको उहाँको भनाई छ । देशभरी ९१ हजार ५ सय ३५ जना लागु प्रदार्थ दुव्सनीमा पसेका  प्रहरीको तथ्याङ्गमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते