२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

साकेलामा पत्रकारिता तालिम

२०७५, १२ असार मंगलवार १६:५८

चिसाङ शेर्पा | असार १२, खोटाङ | गाउँपालिकाको प्रत्येक वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले साकेला गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा मात्तिमस्थित गाउँपालिकाको सामुदायिक भवनमा मंगलबारदेखी सात दिने आधारभूत पत्रकारिता तालिम सुरुवात भएको हो ।

स्थानिय स्तरमा हुने गरेका गतिविधिलाई सहज तवरमा सञ्चार माध्यमसम्म पु¥याउन गाउँपालिका भित्रका ५ वडाका प्रत्येक वडाबाट सहभागी गराई पत्रकारिता तालिम सञ्चालन भएको हलेसी टाईम्स दैनिकका सम्पादक डिएम चाम्लिङ राईले जानकारी दिए । तालिममा २० जनाले सहभागीता जनाएका छन् । सहभागी प्रशिक्षार्थीलाई हलेसी टाईम्स दैनिकका सम्पादक डिएम चाम्लिङ राई, रुपाकोट सामुदायिक रेडियोका स्टेशन मेनेजर सुर्य तामाङ, गोरखापत्र दैनिकका जिल्ला संवाददाता उजुर राई, प्रेस युनियन शाखा खोटाङका अध्यक्ष तथा खोटाङ खबर साप्ताहिकका सम्पादक दिलीप खत्री लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


सात दिने आभारभूत तालिममा श्रव्य–दृश्य रुपमा पत्रकारिता तालिम सम्बन्धी जानकारी गराइने गाउँपालिकाले जनाएको छ । तालिमको पहिलो दिन हलेसी टाइम्स दैनिकका सम्पादक डिएम चाम्लिङ र रुपाकोट सामुदायिक रेडियोका स्टेशन मेनेजर सुर्य तामाङले प्रशिक्षण दिनुभएको छ । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै साकेला गाउँपालिका प्रमुख अर्जुन कुमार खडकाले ‘तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने र गाउँपालिकामा लुकेर रहेका सानातिना गतिविधिहरु समेत सञ्चार माध्यमसम्म पुग्नेमा आशावादी रहेको बताए ।’

सुचना आदानप्रदान गर्नमा सबैभन्दा भरपर्दो माध्यम पत्रकारिता पेशा भएको भन्दै प्रशिक्षार्थीहरु उत्साहित बनेका छन् । तालिममा सहभागि प्रशिक्षार्थीलाई तालिम पश्चात निरन्तर लागि पर्न कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । तालिम असार १८ गते समापन हुनेछ । तालिमको उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित