Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अन्तर विद्यालय एन्फा कप २०७५ को उद्धघाटन बुधबार

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

विकास सिह महता | असार १२, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरमा  एन्फा कप अन्तर विद्यालय छात्रा/छात्र राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ को बुधबार उद्धघाटन  । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषदको समन्वयमा अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर फुटबल संघको आयोजना प्रतियोगिता असार १३ गते देखि २३ गते सम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा माध्यामिक तह सम्मका कञ्चनपुरका १६ स्कुलले प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा समूह“ ए“ मा अक्सोफोड, सिद्धेश्वरी मा.बि शिवनगर, महाकाली मोडेन, उदयदेब मा.बि  सुन्दरपुर, सान बोडिग्ङ स्कुल, इन्टरनेसनल, बाल संसार र ग्वालेक बोडिग्ङ स्कुल रहेका छन भने समूह “बि“ मा बैजेनाथ नमुना मा.बि स्कुल महेन्द्रनगर, लिटिलबुद्ध एकेडेमी, कञ्चन विद्यामन्दिर, बैजनाथ मा.बि जडेपानी ,अमर मा.बि गड्डाचौकी, लक्ष्मी मा.बि खैरभट्टी, राष्ट्रिय मा.बि र फ्लोरिडा मा.बि रहेका छन, भने छात्रा तर्फ चार विद्यालय बिच प्रतिस्पर्धा हुने छ । समूह “ए“ मा बैजनाथ नमुना मा. बि महेन्द्रनगर  र बैजनाथ मा.बि जडेपानी र समुह “बि“ लक्ष्मी मा.बि र सान बोडिङ्ग स्कुल रहेका छन ।

बुधबारको उद्धघाट्न खेल राष्ट्रिय मा.बि महेन्द्रनगर र फ्लोरिडा मा.बि बिच दिउँसो ४ बजे प्रतिस्पर्धा हुने छ भने त्यही दिनको दोस्रो खेल बैजनाथ नमुना मा.बि महेन्द्रनगर र लिटिलबुद्ध एकेडेमी बिच हुने छ ।

विद्यार्थीहरुको खेल क्षेत्रमा स्तर उन्नतिको लागि र फुटबल विकासका लागि प्रतियोगिता संचालन गर्न लागिएको कञ्चनपुर फुटबल संघका  महासचिव रमेश चन्दले बताएका छन ।