2026-09-13 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यातना पिडित सहयोगार्थ अन्तराष्ट्रिय दिवसको अवसरमा लहानमा प्रभातफेरि

राम नारायण पंडित | असार १२, सिरहा | यातना पिडित सहयोगार्थ अन्तर्राष्ट्रय दिवसको अवसरमा लहानमा प्रभात– फेरि गरिएको छ । सिरहाको लहानमा मानव अधिकारकर्मीहरुले राज्यले विभिन्न बहानामा नागरिकलाई यातना दिने गरेको हुनाले सो यातनाको बिरुद्ध पिडितलाई न्याय दिलाउने उद्देश्यले तराई मानव अधिकार रक्षक संजालले आज (मंगलबार) प्रभात फेरि गरेको हो ।

लहान नगरपालिकाको बिभिन्न भागको परिक्रमा गर्दै शहिद रमेश चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै थर्ड एलायन्सका मानवअधिकार अधिकृत किरण कुमार कर्णले राज्यमा सुशासन व्यवस्था कायमको लागि प्रहरी प्रशासनले बन्दुकको दम्भ नत्यागेसम्म नागरिकले स्वतन्त्रतापुर्वक बाच्नलाई चुनौती रहेको बताए ।

मानव अधिकारकर्मी रेणु कर्णले यातना बिरुद्ध पिडित आफै अग्रसर भएमा राज्य स्वयम् गम्भीर भई यातनामा न्यूनीकरण हुने बताए । सिरहा मानव अधिकार रक्षक संजालको समन्वयमा भएको कार्यक्रमको सन्चालन अध्यक्ष चदन कर्णले गरेका थिए । 

कार्यक्रममा नेपाल पत्रकर महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ता, ईन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, संजालका सचिव राम नारायण पण्डित, समग्र जन उत्थान केन्द्रका कार्यक्रम संयोजक देवराज पोखरेल, अधिकारकर्मी मुकेश यादव, महेश सिह र तन्जिला खातुन लगायतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन