2026-09-14 08:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा मन्त्री बरालले भने – ‘लागूऔषधले समाज दूषित बन्दै’

असार १३, दाङ | प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले लागूऔषधको प्रयोगले समाज दूषित बन्दै गएको बताउनुभएको छ । 

अभिभावकले चासो नदिँदा अधिकांश बालबालिका लागूऔषधको शिकार भएको बताउँदै मन्त्री बरालले यसको नियन्त्रणका लागि कानूनले मात्रै नहुने भएकाले सचेतनामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मंगलबार तुलसीपुरमा भएको अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध ओसारपसारविरुद्धको दिवस तथा बृहत् सभामा उहाँले सो कुरा बताउनुभएको हो । 

सिंगो प्रदेशलाई लागूऔषध ओसारपसारबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री बरालले ओसारपसार कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । “कानूनी तवरले पनि यसलाई नियमन गर्ने कुरामा सबैले सोच्नुपर्दछ, प्रदेशले कानून बनाउँदा यो कुरामा ख्याल गर्नेछ” मन्त्री बरालले भन्नुभयो । प्रदेशसभा सदस्य उत्तरकुमार वलीले लागूऔषधका विरुद्ध प्रदेश सरकारले चासो राखेको बताउँदै लागूऔषध बिक्री वितरणलाई आवश्यक नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले लागूऔषध बिक्री वितरण, सेवन र ओसारपसारलाई नियन्त्रण गर्नका लागि ‘टोबाको फ्रि टोल’को अवधारणा अगाडि ल्याएको बतााउनुभयो । 

लागूऔषध बारेका प्रशिक्षक एवं नार्कोनन् नेपालका अध्यक्ष वसन्त कुँवरले प्रत्येक घरमा लागूऔषध बारेमा सचेतना दिन आवश्यक रहेको बताउनुभयो । उहाँले विश्वमा तीन हजार ५०० प्रजातिका नशालु कुरा हुने भएपनि नेपालमा भने पाँच प्रकारका नशालु पदार्थ प्रचलित रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले