२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

राम्रो नतिजा ल्याउनेलाई शिक्षकले दिए रु दशहजार

२०७५, १३ असार बुधबार ०६:२४

असार १३, म्याग्दी ।  बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन् । 

मंगलबार विद्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा अंग्रेजी विषयका शिक्षक भरत थापा, विज्ञानका प्रकाश सुवेदी र गणित विषयका शिवराम पौडेलले ३.७० जिपिए ल्याउने विद्यार्थी अमृत आचार्य, अश्नवी शर्मा र आशिका आचार्य प्रत्येकलाई नगद रु १० हजारसहित सम्मान गरेका हुन् । 

अभिभावककै उपस्थितिमा शिक्षकले प्रतिविद्यार्थी रु १० हजार र प्रमाणपत्रले सम्मान गरेका थिए । विद्यार्थीले जिल्लामै उत्कृष्ट नतिजा ल्याएर शिक्षक र विद्यालयको शिर उच्च बनाएको भन्दै शिक्षकले नगद पुरस्कारको शुरुवात गरेका हुन् । तीनवटै विषयमा विद्यार्थीले अपेक्षा गरे अनुसारको जिपीए ल्याएका छन् । 

विद्यालयमा आयोजित सम्मान कार्यक्रममा शिक्षा विकास समन्वय एकाइका प्रमुख दलबहादुर थापा, सल्लाहकार यामबहादुर शाक्य र शिक्षकले विद्यार्थी र अभिभावकलाई पुरस्कार हस्तान्तरण गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते